वन मन्त्रालय अन्तर्गतका कर्मचारीकाे तह वृद्वि,डिभिजनल वन अधिकृत बरालकाे दशाैं तहमा बढुवा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय गण्डकी प्रदेशले मन्त्रालय र मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरुकाे तह वृद्वि गरेकाे छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश, पोखराबाट गत असाेज २६ मा प्रकाशित तहवृद्धि सम्बन्धी सूचना अनुसार तह वृद्धिका लागि आवेदन दिएकामध्ये उक्त मन्त्रालय र मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई प्रदेश निजामती सेवा अध्यादेश, २०७९ को दफा २७ बमोजिम माघ १ गते देखि लागू हुने गरी मन्त्रालयको माघ ३ गतेको (प्रदेश सचिवस्तर) निर्णय अनुसार कर्मचारीहरुकाे तह वृद्वि भएकाे हाे ।

यसैविच डिभिजन वन कार्यालय कास्कीमा कार्यरत डिभिजनल वन अधिकृत केदार बरालकाे बढुवा भएकाे छ ।

हाल डिभिजन वन कार्यालय कास्कीमा कार्यरत उनकाे अधिकृतस्तर नवाैं तहबाट अधिकृतस्तर दशाैं तहमा बढुवा भएकाे हाे ।

उनीसहित दशाैं तहमा ९ जनाकाे बढुवा भएकाे छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्