जातीय विभेदकाे आरोप लागेका पोखरा २४ का वडाध्यक्ष अधिकारी धराैटीमा रिहा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

मदनमणी तिमिल्सिना/पोखरा ।
वडा सदस्यलाई जातीय विभेद गरेको आरोप लागेका पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरैटीमा शुक्रवार रिहा भएका छन् ।

वडाध्यक्ष अधिकारीमाथि दलित महिला सदस्यलाई जातीय विभेद गरी अपमानजनक शब्द बोलेको आरोपमा छ ।

वडा सदस्य मैयाँ नेपालीले वडाध्यक्ष अधिकारीले विभेदजन्य शब्द प्रयोग गरेर अपमान गरेको भन्दै गत आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गरेकी थिइन् ।

फरार रहेका अधिकारी पुस २६ गते बिहान आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ थियो ।

प्रहरी स्रोतले घटनाबारे छानबिन गर्न अधिकारीविरुद्ध पुस २६ गते नै म्याद थप गरेर अनुसन्धान गरेको थियो ।

अधिकारीलाई शुक्रवार दिउसो ३:३० बजे जिल्ला प्रहरी कार्यलय कास्कीले १ लाख ५० हजार रुपैयाँ धराैटीमा रिहाइ गरेको हाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्