
पोखरा ।
गण्डकी प्रदेशका कृषि , उर्जा तथा जलस्रोत मन्त्री बेद बहादुर गुरुङले पदभार ग्रहण गरेका छन् । मंगलबार साँझ प्रदेश प्रमुखको निवासमा सपथ लिए लगतै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गरेपछि मन्त्री गुरुङद्वारा २ वटा निर्णय गरेका छन् । निर्णयहरुमा उत्कृष्ट कृषि पुरस्कारबारे कार्यविधि स्वीकृत र जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको सम्भाव्यता अध्ययन गर्ने रहेका छन् ।
पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीको नियुक्त भएका खगराज अधिकारीको मन्त्रिमण्डलले मंगलबार मात्र पूर्णता पाएको छ ।