
निराजन अधिकारी/पाेखरा । पोखरा २५ हेमजाको सेति किनार सहस्त्रधारा स्थित रहेको सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाइएको छ । पोखरा महनगरपालिका प्रवक्ता एवं पोखरा २५ हेमजाका अध्यक्ष मोतीलाल तिमिल्सिनाको नेतृत्वमा शनिवार नगर प्रहरीको टोलीले उक्त टहरा हटाएको हो ।
उक्त सरकारी जग्गामा छिमेकी गाउँ घान्द्रुक, धादिङ साथै अन्य विभिन्न जिल्लाका बासिन्दाले बिगत पाच सात वर्ष देखि जस्तापाता , सिमेन्ट बाट निर्मित टहरामा सुँगुर ,हास कुखुरा पाल्दै साथै ढुङ्गा गिट्टी तथा बालुवा उत्खनन्मा दैनिकि मजदुरी गर्दै अस्थायी रुपमा नदि किनारमा बसोबस गदै आहिरहेका थिए ।
तिमिल्सिनाका अनुसार विगत ३ महिना देखि उक्त क्षेत्रको सरकारी जग्गामा निर्माण भएका टहरा हटाउ पटक पटक अनरोध गर्द पनि अटेर गरेपछि वडा कार्यालय २५ हेमजाले डोजर नै लगाएर टहरा हटाएको बताए ।
सोहि अवसरमा सरकारी जग्गामा जुनसुकै किसिमको घर, छाप्रो, आश्रय वा अरु आकार बनाउन वा भोग गर्न नपाइने जनाउँदै अगामी दिनमा निर्माण नगर्न समेत आग्रह गरेका छन् ।
उनले सुकुम्वासीका नाममा अतिक्रमण बढ्दै गएकोले वडा न.२५ हेमजा सचेत रहेन समेत उल्लेख गरे ।