आत्मदाहकाे प्रयास गरेकालाई बचाउन खाेज्दा घाइते भएकी महिलाकाे मृत्यु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरामा आत्मदाहकाे प्रयास गरेकालाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पोखरा–१३ काहूँखोलाकी ३५ वर्षीया संगीता सापकोटा रहेकी छन्।

आइतबार उनको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४० वर्षीय कृष्ण बहादुर क्षेत्रीले बाथरूममा आत्मदाहको प्रयास गरेका थिए। क्षेत्रीलाई बचाउने क्रममा घरबेटी सापकोटा घाइते भएकी थिइन्।

उनको उपचारको क्रममा सोमबार बिहान ११ बज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए।

आत्मदाहको प्रयासपछि हात, खुट्टा र अनुहार जलेका कृष्णबहादुरको अवस्था हालसम्म सामान्य रहेको र उपचार भइरहेको छ।

उनले आत्मदाहको प्रयास गर्नुको कारण खुलेको छैन।छिमेकीहरुले घटना रहस्यमय तरिकाको भएको बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्