लियो क्लव अफ हेमजाले ८ औं स्थापना दिवस मनायाे

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

हेमजा ।
लियो क्लव अफ हेमजाले शनिवार ८ औं स्थापना दिवस मनाएकाे छ । दिवसकाे अवसरमा विभिन्न क्षेत्रमा याेगदान पुर्याउने लियाेका सदस्यहरुलाई सम्मान तथा नयाँ सदस्यहरुलाई स्वागत गरिएकाे छ ।

कार्यक्रममा प्रमुख अथिति लायन्स क्लव इन्टरनेशनल ३२५ जे नेपालका मार्केटिङ चिफ एवं पोखरा महानगरपालिकाका प्रवक्ता साथै वडा नं २५ हेमजाका अध्यक्ष लायन मोतिलाल तिमिल्सिनाले लियो क्लव हेमजाको सामाजिक कार्य प्रतिको सकृयताको उच्च सम्मान गर्दै वडा न.२५ हेमजाले क्लवका हरेक गतिविधिहरुमा आवश्यक सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

यसै गरी क्लव सदस्यहरुको अभिभावकको प्रतिनिधित्व गर्दै झकंनाथ तिमिल्सिना र रमा त्रिपाठी साथै लियो एडभाईजर एवं पुर्व अध्यक्षहरुले पनि धन्यवाद सहित शुभकामना दिएका थिए ।

कार्यक्रममा क्लवका पुर्व अध्यक्ष साथै लियो जिल्ला परिषद ३२५ जे नेपालका उपाध्यक्ष लि.विष्णुप्रसाद दाहाल, संस्थापक अध्यक्ष लि. सुर्यराज त्रिपाठी , लि.नविन त्रिपाठी, लि.बलराम पौडेल ,लि.विकास त्रिपाठी ,लि.विजय त्रिपाठी,निवर्तमान अध्यक्ष लि. सबिना तिमिल्सिनालाई क्लवका अध्यक्ष निराजन अधिकारीले प्रशंसापत्र सहित सम्मान गरेका थिए ।

यसै गरी निवर्तमान अध्यक्ष लि. सविना तिमिल्सिनाले लियो लायन्स वर्ष २०२१-२२ सफल पार्न विशेष योगदान भएका वर्तमान अध्यक्ष लि. निराजन अधिकारी, प्रथम उपाध्यक्ष लि. मनोज त्रिपाठी ,द्धितिय उपाध्यक्ष लि. शुसान्त बास्तोला ,कोषाध्यक्ष लि.सुशान्त बास्तोला, सह– कोषाध्यक्ष लि. शुसिल त्रिपाठी, टेकनिकल कोअर्डिनेटर लि.अर्जुन अधिकारी, सदस्य लि. मनिषा के.सी, लि.पुजा तिमिल्सिना र लि. सृष्टि तिमिल्सिनालाई प्रशंसापत्रसहित साथ सम्मान गरिन् भने कार्यक्रममा नयाँ सदस्यलाई समेत स्वागत गरिएको थियो।

कार्यक्रममा क्लवका सदस्य लि.स्वस्तिका बास्तोला, लि.दिव्या त्रिपाठी, लि. अनिषा अधिकारीले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने लि.अनिषा अधिकारी, लि.मानिषा के.सी र लि. एलिसा कुवंरले स्वागत गित प्रस्तुत गरेका थिए । साथै लियो प्लेज लि.अनिषा दाहाल, ध्वजाको अभिवादन लि. दिव्या त्रिपाठीले वाचन गरेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष लि. सुर्यराज त्रिपाठी ,लायन्स क्लब अफ हेमजाका उपाध्यक्ष एवं लियो एडभाईजर लायन शन्तमान श्रेष्ठ, क्लवका पुर्व अध्यक्षहरु लगायतकाे उपस्थिति रहेकाे थियाे ।

क्लवका अध्यक्ष लि. निराजन अधिकारीको अध्यक्षतामा भएकाे कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष लि.मनोज त्रिपाठीले स्वागत र कार्यक्रमकाे सहजीकरण सचिव लि.कपिल दाहालले गरेका थिए । साथै कार्यक्रममा सह–सचिव एवं कार्यक्रम संयोजक लि. शुसिल त्रिपाठीले सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्