माछापुच्छ्रे  गाउँपालिका वडा नं-८ का अध्यक्ष गुरुङले इन्जिनियर कुटे

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । माछापुच्छ्रे  गाउँपालिका वडा नं-८ का अध्यक्ष रामबहादुर गुरुङले ‘दादागिरी’ देखाउँदै कर्मचारी कुटपिट गरेका छन् ।

अध्यक्ष गुरुङले सोेही वडाका सब इन्जिनियर लक्ष्मण जिसीलाई रगताम्य हुनेगरी कुटेको वडा स्रोतले बताएको छ ।

कुटपिटपछि घाइते भएका इन्जिनियर जिसीलाई उपचारका लागि अस्पताल लगिएको स्रोतको भनाई छ । ‘अध्यक्ष गुरुङ यसअघि पनि विभिन्न विषयमा विवादीत भएकोे ब्यक्ति हुन् , मैमत्त भएका वडाध्यक्ष गुरुङलाई यस्तो हर्कत गर्दा कारवाही गर्लान् त ?’ स्रोतले भन्यो ।

यस विषयमा कुराकानी गर्न खोज्दा गाउँपालिकाका प्रवक्ता गणेश आचार्यसँग सम्पर्क हुन सकेन ।

घटनाबारे जिल्ला प्रशासन कार्यालय कास्कीमा जानकारी भइसकेको इन्जिनियर जि.सी.का वुवा लिलबहादुर  जि.सी.ले जानकारी दिए । उनले कानुन हातमा लिने वडाध्यक्ष गुरुङलाई कारवाही हुनैपर्ने माग राखेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्