सिमसार र सार्वजनिक जग्गा अतिक्रमणबारे नागरिक समाजकाे चासाे,महानगरकाे ध्यानाकर्षण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

गणेश रामदाम/पाेखरा । नागरिक समाज कास्कीले फेवातालको सिमसार र सार्वजनिक जग्गा अतिक्रमणबारे पोखरा महानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

फेवातालको सिमसार क्षेत्र पुरेर जग्गा प्लटिङ गर्ने कार्य भइरहेकोबारे महानगरपालिकाले ठोस कदम चाल्नुपर्ने भन्दै नागरिक समाज कास्कीले आईतवार महानगर प्रमुख धनराज आचार्यलाई भेटेर ध्यानाकर्षण गराएको हो ।

पोखराको सुन्दरता भनेको नै फेवाताल भएको र यसको मुहान क्षेत्र अर्थात जलधार तथा सिमसार क्षेत्र पुरेर जग्गा प्लटिङ्ग हुदा फेवातालको अस्तित्व मेटिने सम्भावना भएको भन्दै महानगरपालिकाले समयमै यस्ता गतिविधि गर्ने तथा गराउनेलाई कार्वाही गर्नुपर्ने नागरिक समाज कास्कीका संस्थापक संयाेजक रामबहादुर पौडेलले बताए ।

फेवातालको सिमसार क्षेत्र पुर्नका लागि प्रति रोपनी पाँच लाख रुपैयाँमा लिने गरेको तथा पटके कारबाहीमा परिसकेका व्यक्तिको २ वटा जेसिवि र एउटा ट्रिपरको चाबी सहित २ वटा ट्रिपरहरु नगर प्रहरीले नियन्त्रणमा लिए पनि व्यक्तिलाई पनि कानुनी कार्वाही हुनुपर्ने नागरिक समाजले माग गरेको छ ।

यस्तै पोखराको फिर्के खोलामा भइरहेको जग्गा अतिक्रमणमा पनि महागरले जतिसक्दो छिटो कदम चाल्न आग्रह गरेको छ ।

समाजले पछिल्लो समय संस्था र व्यक्तिहरुले आफू खुशी खोलाको जग्गा हडपेको भन्दै २०३२ को नापी अनुसार खोलाको क्षेत्रफल कायम हुने गरि निर्णय गर्न आग्रह गरेको हो ।

यस्तै समाजले कानुन बिपरित बनेको संरचना हटाउने जो संलग्न छन ती व्यक्तिलाई कानुन अनुसार कार्वाही गर्नुपर्नेमा जोड दिएको छ ।

महानगर प्रमुख आचार्यले भने फेवातालको सिमसार र रामसार क्षेत्रमा कृषि कार्य गर्न पाइने तर आवसीय संरचना गर्न नपाइने भन्दै महानगर त्यस्ता गतिविधि रोक्न प्रयासरत रहेको बताए ।

यस्तै फिर्के जस्तै सेदि बुलौदी र अन्य खोला नालाको पनि मापदण्ड के हुने भन्ने विज्ञहरुको टोलीले गरेको अध्ययन प्रतिबेदन अनुसार काम गर्ने र अतिक्रमण गर्ने जाे काेहिलाई पनि कानुनी दायरामा ल्याउने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्