पोखराको न्युरोडमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।
पोखराको न्युरोडमा माइक्रो बसले ठक्कर दिँदा स्कुटर चालक गम्भिर घाइते भएका छन् । घाइते भएको पोखरा ८ का ४८ बर्षीय स्कुटर चालक सुरज थकालीको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता वरिष्ठ प्रहरी नायव निरीक्षक शिवप्रसाद पाठकले घाइते थकालीलाई मणिपाल शिक्षण अस्पताल लगिएको जानकारी दिए ।

उनका अनुसार साँझ ४ : १० बजे पोखराको चिप्लेढुंगा स्थित वीपी चोकबाट सभागृह तर्फ जाँदै गरेको ग १ ज ४५४० नम्बरको माइक्रो बसले सभागृह तर्फ नै जाँदै गरेको ग ५ प ९४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिाइएको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्