११ औं संस्करण सम्पादित गोर्खा आर्मी भर्ती तयारी कक्षाको पाठ्यपुस्तक सार्वजनिक

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

गणेश रामदाम / पोखरा । सल्युट गोर्खा ट्रेनिङ्ग सेन्टरले गोर्खा आर्मी भर्ती तयारी कक्षाको परिमार्जित पाठ्यपुस्तक प्रकाशन गरी सार्वजनिक गरेको छ । ११ औं संस्करणको सम्पादित पुस्तक शनिबार पोखरामा सार्वजनिक गरेको हो ।

संस्थाका अध्यक्ष राहुल पाण्डेले भर्ती प्रक्रियामा पनि विचौलिया प्रथा देखेर त्यसको विरुद्ध २००९ मा आफुले भर्ती केन्द्रको स्थापना गरेको बताए । उनले सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रा. लि. ले शत-प्रतिशत आफ्ना विद्यार्थीहरुलाई आवश्यकता अनुसारको पूर्वाधारहरु प्रदान गर्दै आइरहेको हुनाले निरन्तर प्रशिक्षार्थीको तयारीमा कमि हुन नदिन पाठ्यपुस्तकको सम्पादन, फिजिकल तयारी लगायतका कुरामा संस्थाले सम्झौता नगरेको र आगामी दिनमा पनि नगर्ने बताए ।

प्रमुख अतिथी ब्रिटिस आर्मिका प्रमुख सेनानी जोन पि. क्रसले १० जना अरु देशका सैनिक जनशक्ति बराबर एक नेपाली हुने गरेको बताए । ब्रिटिस आर्मीमा साहास, हिम्मत, बहादुरी र अनुशासन संगै विवेककी पनि हुनुपर्ने बताए ।

नेपाल फिजिकल ट्रनिङ सेन्टर संघका अध्यक्ष अधिवक्ता मीन बहादुर गुरुङले प्रकाशित पुस्तकको पाठ्यसामग्री राम्रा र नयाँ शैलिको रहेको बताए । साथै आईक्युको क्षेत्र समेट्नु पर्ने उनकाे भनाई छ ।

पुस्तकमा अंग्रेजी, गणित, ब्रीटिस र सिंगापुरको परिचय, इतिहास, भर्ती छनोटको विधि प्रक्रिया, १५२ सेट प्रश्न र नमूना प्रश्न समेटिएको सेन्टरका प्रशिक्षक हेम रानाभाटले बताए ।

सेन्टरका फिजिकल ट्रेनिङको प्रमुख अमृत गुरुङले पहिलो जित्ने आधार आत्मबल भएकोे भन्दै सेन्टरका प्रशिक्षार्थीलाई समय खेर नफाली सेकेन्ड सेकेन्डलाई तयारीमा सदुपयोग गर्न सुझाए ।

सन् २००९ मा पोखरामा स्थापना भएको यस ट्रेनिङ्ग सेन्टरका शाखाहरु काठमाडौ, ललितपुर, सुर्खेत, दाङ, बुटवल, चितावन र धरानमा सन्चालनमा छन् ।

स्थापनाकालदेखि नै नेपालबाट दक्ष र इमान्दार युवा जनशक्ति उत्पादन गरी ब्रिटिस आर्मी, सिङ्गापुर पुलिस, इन्डियन आर्मी, नेपाल आर्मी लगाएत विभिन्न देशहरुमा गोर्खा सैनिक भर्ती गराउन सफल संस्था हो ।

सल्युट गोर्खा ट्रेनिङ्ग सेन्टर प्रा. लि. सन् २०२२-२०२३ को एसियाको बेस्ट गोर्खा भर्ती तथा प्रशिक्षण एकेडेमी अवार्ड र २०२२-२०२३ को एसियाको उत्कृष्ट अन्तर्राष्ट्रिय प्रशिक्षण केन्द्र अवार्डबाट सम्मानित संस्था हो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्