सार्वजनिक जग्गामा बन्दै गरेकाे घरमा पाेखरा महानगरले चलायाे डाेजर (भिडियाेसहित)

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखरा १७ वेलघारीस्थित सार्वजनिक जग्गामा बन्दै गरेकाे एक तले चार काेठाकाे घरमा पाेखरा महानगरपालिकाले डाेजर लगाएर भत्काएकाे छ ।

यस अघि पनि महानगरले स्वीकृतविना सार्वजनिक जग्गामा घर निर्माण गर्दै गरेकाे अवस्थामा पटक पटक निर्माण कार्य राेक्का राख्न सम्वन्धित व्यक्तिबाट निर्माण सामाग्री समेत उठायकाे थियाे । तर नगरपालिकाकाे अनुराेधलाई वेवास्ता गर्दे अटेर गरी निर्माण कार्य पुन सञ्चालन गरेकाे हुदा आईतवार नगर प्रहरी, नेपाल प्रहरी, वडा नम्वर १७ का जनप्रतिनिधिकाे संयुक्त उपस्थितिमा डाेजर लगाई भत्काएकाे पाेखरा महानगरका नगर प्रहरी प्रमुख पुरुषाेत्तम थापाले जानकारी दिए ।

अन्दाजी ९० वर्गमिटरमा बनेकाे चार काेठे घरकाे निर्माण सामाग्री (झ्याल, ढाेका) समेत नगरपालिकाले  नियन्त्रणमा लिईएकाे छ ।

यस अघि उक्त जग्गा एक व्यक्तिबाट अर्काे व्यक्तिमा पटक पटक किनवेच हुँदै आएकाे खुलेकाे छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्