संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला,सचिवमा तारा चापागाई

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

संसदीय पत्रकार संघ गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन ।

मंगलबार भएको संघको चौंथो वार्षिक साधारण सभा एवम् तेस्रो अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी रोहितराज पराजुलीलाई चार मतान्तरले कोइराला पछाडि पारेका हुन । जम्मा २० मतमा भरत कोइरालाको पक्षमा १२ र रोहित राज पराजुलीको पक्षमा ८ मत खसेको थियो । उनी निवर्तमान कार्यसमितिमा पनि अध्यक्ष थिए । कोइराला आदर्श समाज राष्ट्रिय दैनिकका सम्पादक हुन् ।

यस्तै उपाध्यक्षमा विशन क्षेत्री, सचिवमा तारा चापागाई दुवे, कोषाध्यक्षमा उमा आले र सदस्यहरुमा युवराज श्रेष्ठ,उमेश पुन,युवराज गुरुङ,ऋषिराम बराल निर्विरोध चयन भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्