जननेता स्व. मदन भण्डारीकाे ६९ औं जन्मजयन्तीकाे अवसरमा पाेखरामा वृक्षाराेपण

  • ख-
  • ख+


पाेखरा,१४ असार ।

जननेता स्व. मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशन कास्कीले वृक्षारोपण गरेको छ ।

पोखरा महानगरपालिका १८ मा निर्माणाधिन शहिद स्मृती पार्कमा करिव ४ सय बिरुवा रोपेर विश्व कम्यूनिष्ट आन्दोलनमा नयाँ युगका प्रवर्तक जननेता भण्डारीलाई सम्झिएको आयोजकले बताएका छन् ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि सिले बिरुवा राेपेर कार्यक्रमको उद्घाटन गर्दै समृद्द नेपाल निर्माणमा आमजनमानसको योगदान अपरिहार्य रहेको चर्चा गरे ।

नेकपाका केन्द्रिय सदस्य समेत रहेका जिसीले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद नै विश्व कम्युनिष्ट आन्दोलनको संजिवनी रहेको उल्लेख गर्दै धराशायी हुन लागेको विश्व कम्युनिष्ट आन्दोलनलाई नेपालका कम्युनिष्ट पार्टीले धानेको बताए।

डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठले सरकारले यो वर्षलाई वृक्षारोपण वर्षको रुपमा लिएको बताउँदै नाङ्गा डाडाँहरुमा दिर्घकालिन योजना बनाएर रुख रोप्न आग्रह गरे ।

उनले यस वर्ष डिभिजन वन कार्यालयले निजी जग्गामा पनि रुख रोप्ने अभियान चलाएको हुदा सहकार्यको लागि वन कार्यालय तयार रहेको बताए ।

कार्यक्रममा फाउण्डेशन का सल्लाहकार तथा नेकपा गण्डकी प्रदेश सदस्य पुण्य पौडेल, दिलिपविक्रम शाही, मदन भण्डारी फाउण्डेशन कास्कीका अध्यक्ष माधव बास्तोला , पोखरा महानगरपालिका वाड नं १८ का वडाध्यक्ष रणबहादुर थापा लगायतले स्व.मदन भण्डारी र जनताको बहुदलिय जनवादको बारेमा चर्चा गरेका थिए ।

उनीहरुले जनताको बहुदलिय जनवाद नै समाजवादको प्रारम्भ रहेको चर्चा गर्दै विश्व कम्यूनिष्ट वर्गले नेपाली कम्युनिष्ट इतिहासको सिको गरेकोमा गर्व गर्नुपर्ने धारणा राखेका थिए ।

मदन भन्डारी फाउण्डेसन कास्कीका अध्यक्ष माधव बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन वसन्तराज गौतमले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्