करुङ्ग बयरघारी मुस्लिम युवा क्लवकाे अध्यक्षमा रम्जान मियाँ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

‎स्याङ्जा । करुङ्ग बयरघारी मुस्लिम युवा क्लवकाे अध्यक्षमा रम्जान मियाँ निर्वाचित भएका छन् ।

साेमवार सम्पन्न तीन वर्षे कार्यकालका लागि भएकाे दाेस्राे अधिवेशनले रम्जानकाे अध्क्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

उक्त कार्यक्रमको दौरान पवित्र महिना रमजानको उपावास (रोजा) राख्ने स-साना बालबालिकाहरू लाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गर्नुका साथै क्लवको परोपकारी अभियानमा सहयोग पुराउने व्यक्तित्वहरु लाई सम्मान पत्र प्रदान गरेका थिए।

कार्यक्रममा क्लवका कोषाध्यक्ष अब्दुल मजिदले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने क्लवका वरिष्ठ उपाध्यक्ष कुदरत अलिले स्वागत गरेका थिए ।

करुङ स्थित ईदगाहमा भएकाे कार्यक्रम क्लवका अध्यक्ष मोहम्मद जुमाल अलिको सभापतित्व तथा हाजी जब्बार अलि मियाँको प्रमुख अतिथ्यतामा सम्पन्न भएकाे हाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्