पोखरामा जारी वडा स्तरिय फुटबल प्रतियोगिताको क्वाटरफाइनल सम्मको खेल सकियो

सुरज श्रेष्ठ
  • ख-
  • ख+

तस्विरःयोगेन्द्र श्रेष्ठ.पोखरा । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पोखरा रंगशालामा जारी रहेको वडा स्तरिय फुटबल प्रतियोगिताको क्वाटरफाइनल सम्मको खेल आज सकिएको छ ।

पोखरा रंगशालामा आज भएको पहिलो क्वाटरफाइनल खेलमा वडा नं.१५ ले १३ लाई ४–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको १० औ मिनेटमा वडा नं.१५ का विशाल गुरुङले गोल गर्दे टिमलाई अग्रता दिलाएका थिए । उनले खेलको ३८ औ मिनेटमा व्यातिmगत दोस्रो गोल गर्दे गोल संख्या दोब्बर बनाए ।

खेल अवधीभर हावी भएको वडा १५ का लागि राहुल थापाले खेलको २४ औ र मनजित थापाले ७५ औ मिनेटमा गोल थप्दै सेमिफाइनलको यात्रा सहज बनाएका थिए ।

वडा नं.१३ का प्रविन गुरुङले खेलको ३७ औ मिनेटमा गोल गर्दे खेलमा फर्कने संकेत दिए पनि त्यो संम्भव भएन । यस्तै आज नै भएको दोस्रो खेलमा वडा नं ३० ले वडा नं ८ लाई ३–२ गोलले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।

खेलको चौथो मिनेटमा नै ३० का लागि पुकार तामाङले गोल गर्दै ८ लाई दबाबमा राख्यो । खेलको १३ औं मिनेटमा ८ का सुजु कुंवरले आत्मघाति गोल गर्दा विपक्षी टिमलाई सेमिफाइनलको यात्रा सहज बनाईदियो ।

३८ औं मिनेटमा वडा नं. ८ का लागि सुन्दर महत र ४४ औ मिनेटमा सुजु कुंवरले गोल गर्दे खेल बराबरीमा पु¥यायो ।

निकै प्रतिस्पर्धात्मक खेलको ४६ औं मिनेटमा ३० का लागि प्रतिम थापाले एक गोल थपे । जुन गोल ३० का लागि सेमिफाइनलको यात्राको लागि सहज बन्यो ।

यसै गरी तेश्रो सेमीफाइनलमा वडा नं.१४ ले ३२ विरुद्ध २–० गोलले पराजित गर्दे सेमिफाइनलमा पुगेको छ । १४ का लागि ३८ औं मिनेटमा आनन्द रेग्मी र ४२ औं मिनेटमा आशिष कार्कीले गोल गर्दै टिमलाई सेमीफाइनलमा पुर्याए ।


यस्तै आज नै भएको अन्तिम क्वाटरफाइनलमा वडा नं २७ ले २४ लाई ४–३ गोलले पराजित गरी सेमीफाइनलमा पुगेको छ । निर्धारित ७० मिनेटमा ३–३ गोलको बराबरीमा सकिएको थियो । खेलमा थपिएको समयमा सन्देश राज तिमिल्सिनाले गोल गर्दै वडा नं.२७ लाई सेमिफाइनलमा पुर्याए ।

बुधबार सेमिफाइनल खेल बिहान पोखरा रंगशालामा हुने छ । जसमा पहिलो खेल वडा नं.१५ र ३० बिच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेल वडा नं.१४ र २७ बिच प्रतिस्पर्धा हुने प्रतियोगिता व्यवस्थापन समितिका सदस्य नर बहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार र अन्य विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट फवार्ड हुनेले जनही नगद ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल ११ गते हुने आयोजकले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्