
तस्विर ः योगेन्द्र श्रेष्ठ पोखरा । पोखरामा जारी अन्तर वडा स्तरिय फुटबल प्रतियोगिताको फाइनलमा वडा नं.१४ र १५ आमने सामने हुने
भएका छन ।
बुधबार भएको सेमिफाइनल खेलमा १५ ले ३० लाई २–१ गोल अन्तरले पराजित गर्दे फाइनलमा प्रवेश गरेको हो । खेलको ३८ औ मिनेटमा १५ का टिम क्याप्टेन विशाल गुरुङले गोलको खाता खोलेका थिए । मन्जित थापाले डिबक्स भित्रबाट दिएको बललाई उनले जाली चुमाएका हुन ।
खेलको १५ औ मिनेटमा वडा नं.३० का उतम जङ्ग राणाले वान भर्सैस वान बललाई सहि दिशा दिन नसक्दा गोलको खाता खोल्न सकेन ।
खेलको ४१ औ मिनेटमा ३० का सागर गौतमले गोल गर्देै खेल बराबरीमा पु¥याएका थिए ।
अतिरिक्त समयमा १५ का सचिन भण्डारीले हानेको कर्नरलाई अर्नमार्क रहेका सिर्जन रञ्जितले दोस्रो बार चेप्दै फस्ट टचमा हानेको बल गोलमा परिणत भयो ।
त्यस्तै बुधबार नै भएको दोस्रो खेलमा वडा नं.१४ ले २७ लाई ४–० गोल अन्तरले पराजित गर्दे फाइनलमा प्रवेश गरेको छ ।
खेलको १७ औ मिनेटमा आशिष कार्कीले गोल गर्दे आफ्ना टिमका लागि गोलको खाता खोलेका थिए । खेलको २६ औ मिनेटमा उनै कार्कीले दोस्रो गोल गरे ।
वडा नं.२७ ले खेलमा फर्कने प्रयास गरे पनि पाएको अवसरलाई गोलमा परिणत गर्न सकेन । खेलको ३९ औ र ४२ औ मिनेटमा १४ का नरेन गुरुङले थप दुई गोल गर्दे फाइनलको यात्रा पक्का बनाए ।
फाइनल खेल भोलि बिहिबार पोखरा रंगशालाको खेल मैदानमा ११ बजे हुने प्रतियोगिता व्यवस्थापन समितिका सदस्य नर बहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार र अन्य विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट फवार्ड हुनेले जनही नगद ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।