आँधिखाेला गाउँपालिकाले सलहकाे प्रतिकिलाे तिन सय रुपैयाँ दिने

  • ख-
  • ख+


तारा पाैडेल ।
आँधिखाेला, १६ जेठ ।
स्याङ्जाकाे आँधिखाेला गाउँपालिकाले सलह छाेपेर गाउँपालिकामा दिएमा प्रति केजी तीन सय रुपैयाँ दिने भएकाे छ ।

आँधिखाेला गाउँपालिकाकाे वडा नं १ पन्चमुलमा सलहकाे झुण्ड देखिएपछि निमित्त प्रमुख प्रशासकिय अधिकृत गेदुराम ढकालले एक सुचना प्रकाशित गर्दै एक के जि सलह छाेपेर गाउँपालिकामा दिए वापत तीन सय रुपैयाँ दिने निर्णय भएकाे जनाएका छन् ।

सलह किरा भारतबाट नेपालका विभिन्न भुभाग हुँदै पाल्पाबाट स्याङ्जा जिल्ला प्रवेश गरिसकेकाे र आँधिखाेला गाउँपालिकाकाे वडा नं १ पंचमुलमा समेत सलहका झुण्ड देखिएकाेले सबैलाई सजग हुन गाउँपालिकाले अनुराेध समेत गरेकाे छ ।

साथै, गाउँपालिकाले स्थानिय स्तरमा क्षति कम गर्न अागाे बाल्ने, धुवाँ गराउनेर हावाकाे बहाव परिवर्तन गराउने, थाल ठटाउने, ड्रम बजाउने, स्पिकर लगाउने, प्राकृतिक शिकारीकाे प्रयाेग गर्ने, खरानी तथा धुलाेजन्य पदार्थ छर्किने कार्यहरु गरि सलहकाे प्रकाेपलाई न्युनिकरण गराउन आँधिखाेला गाउँपालिकाबासीलाई अनुराेध गरेकाे समेत सुचनामा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्