एनएसजेफ गण्डकीले खेल पत्रकारिता तालिम गर्ने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) गण्डकीले तीन दिने खेल पत्रकारिता तालिमको आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर यहीं जेठ १७ गतेदेखि तालिम आयोजना गर्ने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा हालै पोखरामा बसेको मञ्चको बैठकले जेठ १७ गतेदेखि जेठ १९ गतेसम्म तालिम सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रदेश खेलकुद परिषद गण्डकीसँगको सहकार्यमा आयोजना गर्न लागेको तालिममा आइसिसिका एम्पायर तथा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) लगायतले सहजीकरण गर्ने महासचिव पौडेलले बताए ।

तालिम सञ्चालन गर्नको लागि संयोजकको जिम्मेवारी मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठलाई प्रदान गरिएको छ । श्रेष्ठले तालिमको तयारीलाई तिव्र रुपमा अगाडि बढाइएको जनाए । तालिममा ६० जनाभन्दा बढी खेल पत्रकार सहभागी बन्ने अपेक्षा गरिएको उनले बताए ।

त्यसोत नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्