उदयपुरको गढी गाउँपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

उदयपुरको गढी गाउँपालिकाका हावाहुरी प्रभावितहरुलाई युनाइटेड क्लबले राहत प्रदान गरेको छ । युनाइटेड क्लब पोखराले विपद ब्यवस्थापन सहयोगार्थ कोष अन्तर्गत उदयपुर जिल्लाको गढी गाँउपालिका वडा नम्बर १, २ र ५ मा हावाहुरीका कारण पूर्ण रुपमा घर क्षती भएका २५ परिवारलाई राहत वितरण गरेकोे हो ।

नेपालीहरुको महान पर्व दिपावलीको अवसरमा देउसीभैलो कार्यक्रमको आयोजना गरी स्थापना गरिएको विपद ब्यवस्थापन कोष अन्तर्गत युनाइटेड क्लब पोखराले उक्त क्षेत्रमा राहत वितरण गरेको हो ।

सो अवसरमा वोल्दै गढी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष इन्द्र बहादुर रावतले उदयपुर जिल्लाको गढी गाउँपालिकामा हावाहुरीका कारण क्षती भएका घर बस्तीमा पोखरादेखि युनाइटेड क्लवको सहयोगबाट आफ्नो वडा र अन्य दुई वडाका हावाहुरी पिडितहरुलाई सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे ।

समाजसेवामा उत्कृष्ट रहेको युनाइटेड क्लबले सामाजिक कामकै लागि पोखरादेखी उदयपुरको बिकट बस्तीमा सहयोग गर्नु आफैमा स्रहानिय काम भएको बताउदै युनाइटेड क्लबको उत्तर उत्तर प्रगतीको समेत कामना गरे ।

त्यस्तै गढी गाउँपालिका स्थायी घर भइ हाल पोखरा १० निवासी समाजसेवी राजु राईले युनाइटेड क्लबलाई आफुले आफ्नो ठांउमा विपदका कारण जनताहरु प्रभावित रहेको जानकार गराइ सहयोग जुटाउन पाउदा खुसी लागेको बताउदै युनाइटेड क्लब प्रति आभार प्रकट गरे ।

त्यस्तै युनाइटेड क्लबका आजीवन सदस्य तथा विपद ब्यवस्थापन उपसमिति सदस्य चन्द्र बहादुर थापाले युनाइटेड क्लवसंगै आफ्नो ब्यवसायिक संस्था युएनआइ एलइडी एक्सपर्टको माध्यामबाट हावाहुरी प्रभावित क्षेत्रमा आफ्नो संस्थाबाट सानो रकमको भएपनि बिजुलीको सामाग्री वितरण गर्न पाउदा खुसी लागेको बताए ।

उक्त अवसरमा वोल्दै युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले स्थापना कालदेखी नै पोखरामा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य,खेलकुद, पर्यटन, सेती नदी संरक्षण संगै विपद ब्यवस्थापनमा समेत काम गर्दै आइरहदा उदयपुरको पहाडी भेगमा रहेका जनतालाई सानो भएतापनि राहत प्रदान गर्न पाउदा खुसी लागेको बताए ।

राहत वितरण कार्यक्रमका अध्यक्ष तथा युनाइटेड क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले युनाइटेड क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत यसअघिपनि कैलाली जिल्लाको कैलारी गाँउपालिकाका हावाहुरी पिडितहरु, कास्कीको सराङकोटका पहिरो पिडितहरुलाई पनि सहयोग गरेको स्मरण गर्दै हाल आएर उदयपुर जिल्लामा आएर सहयोग गर्न पाउदा खुसी लागेको बताए ।

प्राकृतिक विपत्ति जुनसुकै वेलामा पनि आउन सक्ने भएकाले यसको सामना गर्नका लागी सवैजना तयार रहनुपर्ने वताउदै थापाले युनाइटेड क्लबले नेपालको जुनसुकै ठाउमा पनि सहयोग गर्न तयार रहेको बताए ।

सो अवसरमा तीनवटै वडाका २५ जना पिडितहरुलाई युनाइटेड क्लबले जनही ४ हजार, युएनआइ एलईडी एक्सपर्ट लाइटिङ र विबश इलेक्ट्रीकल प्रा.लिले २५ घरमा २५ सयका दरले बिजुलीका सामाग्री र समाजसेवी राजु राइले २५ घरपरिवारलाई जनही १ हजारका दरले २५ हजार रुपैया राहत स्वरुप प्रदान गरिएको थियो ।

युनाइटेड क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका कोषाध्यक्ष सूर्य बहादुर बानियाँले स्वागत मन्तब्य राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्