नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज ईकाइ कमिटीको अध्यक्षमा दिपक कार्की

  • ख-
  • ख+

पाेखरा, २१ असार ।

नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज ईकाइ कमिटीको शनिवार सम्पन्न दोस्रो महाधिवेशनले दिपक कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
कमिटिकाे वरिष्ठ उपाध्यक्ष डा.शकंर पौडेल, उपाध्यक्ष शोकमणी सुवेदी, सचिव राजन पोखरेल,कोषाध्यक्ष अमृत पौडेल चयन भएका छन् ।

समितिको सदस्यहरुमा हरिबहादुर बस्नेत, सूर्यबहादुर कार्की,सरस्वती कोइराला,बुद्धिबहादुर थापा,जीवन खड्का,किसान परियार,दिपा अधिकारी र तिलकचन्द्र बराल रहेका छन् ।

कार्यक्रममा कोरोना महामारीका कारण सामाजिक दुरी अपनाउनु पर्ने भएको हुँदा सिमित व्यक्ति हरूको मात्र सहभागिता भएको थियो र कार्यक्रम भौतिक दुरी कायम गरी गरिएको ईकाइका सचिव राजन पोख्रेलले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथी नेपाल ट्रेड यूनियन काङ्ग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा, नेपाल ट्रेड यूनियन कास्कीका अध्यक्ष विजयराज भण्डारी, उपाध्यक्ष कमल सापकोटा, सचिव रूद्र तिमील्सिना ,कोषाध्यक्ष शंकर के सी, नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला अध्यक्ष उदय कान्त तिवारी,स्वास्थ्यकर्मी संघ प्रदेश अध्यक्ष नारायण बराल, मणिपाल शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष नवराज भण्डारीका साथमा स्वास्थ्यकर्मी चिकित्सक एवं कर्मचारीको सहभागी थियो ।

नेपाल स्वास्थ्यकर्मी संघ जहिले पनि कर्मचारीहरूको हक हितको लागि लागी परेका कारण कर्मचारीको साथमा रहेको ईकाइका अध्यक्ष दिपक कार्कीले बताए ।

अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शोकमणी सुबेदी र कार्यक्रम सन्चालन सचिव राजन पोखरेलले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्