गाैरीशंकर आधारभुत विद्यालयमा ३ वटा कम्प्युटर सहयाेग

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखरा २५ हेमजामा रहेकाे गौरीशंकर आधारभुत विद्यालयलाई सहयाेग स्वरुप ३ वटा कम्प्युटर उपलव्ध भएकाे छ ।

देवीस्थान सेवा समाज हेमजा, उक्त विद्यालयका पूर्व विद्यार्थीहरु इन्जिनियर नवराज बास्तोला र अर्जुन केसीले विद्यार्थीलाई कम्प्युटर शिक्षा अध्यापनको लागि आवश्यक एक/एक थान कम्प्युटर सहयोग गरेका हुन् ।

विद्यार्थीमा प्राविधिक शिक्षाकाे महत्वलाई ख्याल गर्दै कम्प्युटर सहयाेग गरेकाेमा दाताहरुकाे अतुलनिय सहयोगको उच्च मुल्यांकन गर्दै गाैरीशंकर विद्यालय व्यवस्थापन समिति,विद्यालय प्रशासन, शिक्षक समिति एवं शिक्षक अभिभावक समितिले धन्यवाद व्यक्त गरेका छन् ।

२०४६ सालमा स्थापना भएकाे यस विद्यालयमा अहिले ५७ जना विद्यार्थी अध्ययनरत छन् भने कक्षा ४ र ५ मा १९ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयले चालू शैक्षिक सत्रदेखि विद्यालयमा शिक्षामा कुनै निजी विद्यालय भन्दा कमजोर हुन नदिन अंग्रेजी माध्यमबाट पढाई र कक्षा ४ र ५ मा कम्प्युटर विषय थप गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्