सहारा आधारभूत विद्यालयको अध्यक्षमा थकाली

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा ९, बसपार्क कास्कीमा रहेको श्री सहारा वाल आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।

सोमवार वडा नम्वर ९ का अध्यक्ष दिपेन्द्र मर्सानिको अध्यक्षतामा वसेको वैठकले समाजसेवी, शिक्षा तथा खेलप्रेमी, विकासप्रेमी सहारा क्लब पोखराका पूर्व अध्यक्ष विक्रम थकालीलाइ अध्यक्षमा सर्वसम्वत चयन गरेको छ ।

यस अघिनै मिति वि.व्य.स समितीमा अभिभावकहरुको तर्फबाट जेठ १९ गते भएको भेलाले विकास बराल, जुना दर्जी र रामु बस्नेत त्यसैगरी वडावाट मोनित सदस्यहरु ठाकुर प्रसाद काप्री, समाजसेवी, बुद्दिजीवी एवम चन्दादाताहरुको तर्फवाट शुशिल लामिछाने त्यसैगरी शिक्षक प्रतिनिधि रुद्र बहादुर कार्की राजु र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारी चयन भएका थिए।

विद्यालय निरिक्षक जीवन प्रसाद रेग्मी र वडा सदस्य नन्दराम गिरिको विशेष उपस्थिति रहेको कार्यक्रममा विद्यालयको चौतर्फी विकासका बारेमा छलफल भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्