गण्डकी प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

  • ख-
  • ख+

गण्डकी प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु
कास्की : पहिरोले पुरिई ५ जनाको मृत्यु ८ घाइते
मिति २०७७।०३।२६ गते अन्दाजी ०२:३० बजे रातको समयमा अबिरल परेको बर्षातको कारण जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१८ सराङकोट स्थित गोठादी भन्ने स्थानमा ऐ.बस्ने वर्ष ५० को टंक बहादुर थापाको घर माथीबाट पहिरो आई घर पुरिन जाँदा सोहि घरका व्यक्ति र पाहुनाहरु (उक्त घरमा गएको राती जन्मदिनको पार्टी रहेको बुझिन आएको) मृत्यु तथा घाईते भएको भन्ने खबर प्राप्त पश्‍चात तत्कालै प्रहरी टोली खटिई उद्धार कार्य भईरहेको छ ।
मृत्यु हुनेहरु:-
१.ऐ.बस्ने वर्ष ५० को टंक ब.थापा,
२.निजको श्रीमति वर्ष ४५ की सोम माया थापा,
३.जिल्ला तनहूँ दमौली घर भएको वर्ष ८ को शीतल श्रेष्ठ (सरस्वती श्रेष्ठको छोरा)
४. बस्ने वर्ष ११ की ईशीका थापा मगर,
५. ऐ बस्ने टंक थापाको दाईको नाती वर्ष ६ को सुवान थापा ।
घाइतेहरु
१. ऐ.बस्ने टंक थापाको छोरी वर्ष २२ की पिंकी थापा, अवस्था मध्यम
२. ऐ. बस्ने टंक थापाको छोरी वर्ष १८ की आशा थापा मगर,
३. ऐ.बस्ने पिंकी थापाको छोरी वर्ष ५ की पीरिशा थापा मगर,
४. जिल्ला तनहूँ दमौली घर भएकी वर्ष २८ की सरस्वती श्रेष्ठ (मृतक सोममाया थापाको बहिनी)
५. जिल्ला तनहूँ दमौली घर भएको वर्ष १० को सन्देश श्रेष्ठ (सरस्वती श्रेष्ठको छोरा)
६. जिल्ला कास्की पोखरा-१८ बस्ने छिमेकी वर्ष १९ को अनिश तामाङ,
७. ऐ. बस्ने छिमेकी वर्ष १९ को रशि थापा,
८. ऐ.बस्ने छिमेकी वर्ष १९ की रश्मी थापा मगर, अवस्था मध्यम
प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल र प्रहरी उपरीक्षक जिबन कुमार श्रेष्ठ सहितको टोलि घटनास्थलमा पुगेको र उल्लेखित सबै शव ०८:४५ बजे पश्चिम क्षेत्रीय अस्पताल पठाई सकिएको छ ।

कास्की : पहिरोले पुरिई १ जनाको मृत्यु
मिति २०७७।०३।२६ गते अन्दाजी ०१:५५ बजे रातको समयमा अबिरल परेको बर्षातको कारण जिल्ला कास्की पोखरा महानगरपालिका-२५ हेम्जा स्थित मेलबोटमा ऐ.बस्ने वर्ष ७० की हिमकली अधिकारीको घरमा माथीबाट पहिरो आई घर पुरिएको भन्ने खबर प्राप्त पश्‍चात तत्कालै प्रहरी टोली खटि गई निज हिमकली अधिकारीलाई मृत अवस्थामा उद्धार गरिएको । घरका अन्य सस्य सुरक्षित रहेको । थप अनुसन्धान भईरहेको छ ।

कास्की : पहिरोले पुरिई १ जनाको मृत्यु
मिति २०७७।०३।२५ गते रातको समयमा अबिरल परेको वर्षातको कारण जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२६ पैतेडाडा भन्ने ठाँउमा दुर्गा बहादुर सुनारको ब्लकले बनेको टिनले छाएको दुई कोठे घर माथिबाट पहिरो आई पुरेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि खटिई निज घर धनी अन्दाजी वर्ष ३०/३५ को दुर्गा बहादुर सुनारलाई पुरिएरको अवस्थामा मृत उद्धार गरिएको, घरका अन्य सदस्य सुरक्षीत रहेको, घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

कास्की: चौपाय बगाएको
मिति २०७७।०३।२६ गते परेको अबिरल वर्षाको कारण जिल्ला कास्की पोखरा महानगरपालिका-१० रामघाट स्थित सेति नदिमा पानीको बहाब बढ्‌न गई सुकुम्बासी बस्तीमा पस्न जाँदा विभिन्न व्यक्तीहरुले व्यावसायिक रुपमा पालन गरेको बंगुर १५८ वटा र कुखुरा १९ वटा बगाएको भन्ने प्राप्त हुनासाथ तत्कालै घटनास्थलमा प्रहरी टोली खटिई थप उद्धार तथा अनुसन्धान कार्य भईरहेको छ ।

कास्की : पहिरोले कारण घर भत्किदा ३ जना घाईते
मिति २०७७।०३।२६ गते अन्दाजी ०२:३० बजे समयमा अबिरल परेको वर्षातको कारण जिल्ला कास्की पोखरा महानगरपालिका-१७ छोरेपाटन स्थित सिमलटुडा बस्ने वर्ष ६० को चन्द्र ब.मगरको घर माथीबाट पहिरो आई घर भत्किन जाँदा सोहि घरका ब्यक्तिहरु घाईते भएको भन्ने खबर प्राप्त पश्‍चात तत्कालै प्रहरी टोली खटिई निम्न घाईतेहरुलाई उद्धार गरी उपचारको लागि नमस्ते अस्पताल पठाईएको ।
घाइते अवस्थामा उद्धार गरिएका
१.ऐ.बस्ने बर्ष ६० को चन्द्र बहादुर मगर,
२.निजको श्रीमती बर्ष ५० की शान्ती मगर,
३.निजको छोरा बर्ष १० को सुशान मगर ।

कास्की : पहिरो आई धन्सार पुरिएको
मिति २०७७।०३।२६ गते ०३:००बजेको समयमा परेको अबिरल वर्षातको कारण जिल्ला कास्की पोखरा-१९ तल्लोडाँडा स्थितमा बस्ने वर्ष ६२ को गिरिधारी बास्तोलाको अन्नपात, बस्तुभाउ बाध्ने धन्सार माथिबाट पहिरो आई भत्कन जाँदा १ वटा गोरु, १ वटा भैसिको पाडो पुरिएर मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै खटिई थप उद्धार कार्य भईरहेको छ ।

म्याग्दी : पहिरो आई १० जना वेपत्ता
मिति २०७७।०३।२६ गते अन्दाजी ०२:१५ बजेको समयमा जिल्ला म्याग्दी धवलागिरी गाउँपालिका-६ मराङ रिखा स्थित अबिरल वर्षातको कारण घण्टीबाङ भन्ने भिरबाट अचानक माथिबाट ढुङ्गा माटो सहितको पहिरो खस्न जाँदा निम्न मानिसहरुको घरमा क्षति पुर्‍याएको छ भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिएको, प्रतिकुल मौसमका कारण घटनास्थलमा पुग्न नसकेको ।
हालसम्म वेपत्ता
१.जिल्ला म्याग्दी धवलागिरी गाउँपालिका-६ बस्ने भिम प्रसाद जुग्जालीको ढुङ्गा माटोले बनेको ढुङ्गाले छाएको २ तल्ले कच्चि घर पुरी पुर्ण रुपमा क्षति, उक्त घरमा ४ जनाको परिवार बस्दै आएको, नाम थर नखुलेको हाल सम्म सम्पर्कमा नरहेको ।
२.ऐ.बस्ने धन बहादुर जुग्जालीको ढुङ्गा माटोले बनेको ढुङ्गाले छाएको २ तल्ले कच्चि घर पुरी पुर्ण रुपमा क्षति, उक्त घरमा ६ जनाको परिवार बस्दै आएको नाम थर नखुलेको हाल सम्म सम्पर्कमा नरहेको ।
३.ऐ.बस्ने सन्त प्रसाद पुनको ढुङ्गा माटोले बनेको ढुङ्गाले छाएको २ तल्ले कच्चि घर आंसिक रुपमा क्षति, अन्य क्षति केही नभएको ।
४.ऐ.बस्ने हिरा बाहदुर जुग्जालीको ढुङ्गा माटोले बनेको ढुङ्गाले छाएको २ तल्ले कच्चि घर आंसिक रुपमा क्षति, अन्य क्षति केही नभएको ।

म्याग्दी : खोलाले बगाएर १ जनाको मृत्यु
मिति २०७७।०३।२६गते अन्दाजी ०९:०० बजेको समयामा जिल्ला म्याग्दी रघुगगा गाउँपालिका-६ ठाडाखानि बस्ने वर्ष अन्दाजी ५० नलिमान छन्त्याल आफ्नो गाई भैसी बाध्ने गोठमा घाँस पात गर्नको लागि गोठमा हिडेकोमा बाटोमा पर्ने लापु खोलाले बगाई बेपत्ता भएकोमा निजलाई स्थानीयले खोजतलास गर्ने क्रममा उक्त स्थान देखी अन्दाजी ३०० मिटर तल खोलाको किनारामा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

म्याग्दी : घर पुरिदा २ जना बेपत्ता
मिति २०७७।०३।२६ गते रातको समयमा जिल्ला म्याग्दी मालिका गाउँपालिका-७ बिम दुले भन्ने स्थानमा वर्ष ४० कि बिण्णु पौडेल र निजको छोरी वर्ष अन्दाजी ४ कि ईशा पौडेल आफ्नै घरमा सुतिरहेको अवस्थामा अविरल वर्षातको कारण घर भन्दा माथीबाट पहिरो आई घर सहित पुरिन जाँदा निजहरु बेपत्ता भएको भन्ने स्थानीयबाट खबर प्राप्त हुनासाथ प्रहरी टोली गएको, प्रतिकुल मौसम र खोला बहाव अत्याधिक बढेका कारण घटनास्थलमा पुग्न नसकेको, घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

लमजुङ : पहिरोले पुरिई ३ जनाको मृत्यु
मिति २०७७।३।२५ गते अन्दाजी २३:४५ बजेको समयमा जिल्ला लमजुङ बेसिशहर नगरपालिका-७ सातबिसे स्थित ऐ.बस्ने दिपक तमाङको ब्लगको गाह्रो भएको एकतले टिनले छाएको कच्ची घर अबिरल वर्षातको कारण घर माथिबाट पहिरो आई पुरिन जाँदा ऐ.घरको ३ जना बेपत्ता भएको भन्ने खबर ऐ.२३:५०जानकारी प्राप्त पश्चात तत्कालै प्रहरी टोली खटिई खोजतलाश तथा उद्दार गरि अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको, मृत्यु हुनेमा ऐ. बस्ने अन्दाजी वर्ष ३२को दिपक तामाङ, निजको श्रीमती अन्दाजी वर्ष २६ कि विमाया तामाङ र निजको छोरा अन्दाजी वर्ष ०९ को छैवाङ तानाङ रहेका छन् । साथै सोही घरमा बस्ने निम्न मानिस घाईते भई जिल्ला सामुदायिक अस्पतालमा बेसिशहर लमजुङमा उपचार भईरहेको ।
१.जिल्ला लमजुङ बेसिशहर न.पा.७ घर भएको बर्ष २६ को सन्त बहादुर गुरुङ , अवस्था सामान्य ।
२.ऐ.१० पाख्रिङ बिउ घर भएको वर्ष २३को अनिल गुरुङ, अवस्था सामान्य ।
३.ऐ.घर भएको वर्ष २३ को सुमन गुरुङ, अवस्था सामान्य ।
घटनका विषयमा थप अनुसन्धान भईरहेको छ ।
लमजुङ : चौपाय वेपत्ता
मिति २०७७।०३।२६ गते अविरल वर्षाको कारण जिल्ला लमजुङ बेशिसहर नगरपालिका-७ सहजी स्थितमा रहेको पम खोलामा बाढि आई ऐ, स्थानमा बस्ने हरी बहादुर तामाङले सञ्चालन गरेको बुगुँर फर्ममा बाढि पस्न गई फर्म भित्र रहेका ६० वटा बुँगुर मध्ये ४० वटा बुँगुर हराई बेपता भएको, घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई स्थानीयसंग समन्वय गरि खोजीकार्य भईरहेको छ ।
लमजुङ : पहिरोले पुरिई २ जना घाइते
मिति २०७७।०३।२६ गते अन्दाजी ३\४ बजेको समयमा परेको अबिरल वर्षाको कारण जिल्ला लमजुङ क्वहोलासोथर गाउँपालिका-३ बगुम स्थित ऐ.ऐ. बस्ने तुल बहादुर गुरुङको ढुङ्गा माटोले बनेको २ तले टिनको छाना भएको कच्चि घर भत्किन जाँदा निजको बुहारी वर्ष ३० कि लोक माया गुरुङ र नातिनि वर्ष ३ कि आरोशि गुरुङ च्यापिन जाँदा घाईते भई उपचारको लागि स्थानीय मेडिकल हलमा उपचार हुँदै घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

पर्वत : बाघको आक्रमणबाट १ जना घाइते
मिति २०७७।०३।२५ गते अं.१८:०० बजेको समयमा जिल्ला पर्वत जलजला गा.पा.४ फड्के ढुङ्गा बस्ने बर्ष ५१ की सुभा कुमारी मल्ललाई ऐ.स्थितको जङ्गलमा घाँस काट्ने क्रममा अचानक बाघले आक्रमण गरी घाईते बनाएकोले तत्कालै उपचारको लागि जिल्ला अस्पताल म्याग्दीमा ल्याई उपचार भईरहेको, घाईतेको घाँटी, हात र खुट्टामा चोट अवस्था मध्यम, घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

स्यङजा : मृत अवस्थामा फेला
मिति २०७७।०३।२६ गते अन्दाजी १२:४५ बजेको समयमा जिल्ला स्याङ्जा गल्याङ नगरपालिका -४ डुडे स्थित आँधिखोलाको किनारमा हालसम्म नामथर,वतन नखुलेको अन्दाजी वर्ष ५०/५५ को पुरुष व्यक्तिको शव फेला परेको भन्ने स्थानीय मार्फत जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्