कुमुदिनी होम्स स्कुलको गैह्रजिम्मेवारपन,बसले बिरामी छात्रलाई बाटोमै झारेर छोड्यो

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

सरिता गुरुङ/पोखरा ।
पोखरा गैह्रापाटनमा रहेको कुमुदिनी होम्स स्कुलले आफ्नो विद्यार्थीमाथि गैह्रजिम्मेवारपन व्यवहार दखाएको छ । घट्ना बुधवारकोे हो । सोही स्कुलमा कक्षा ५ मा अध्ययनरत पोखरा–५, बाँसबारी चोक निवासी शिव खतिवडाका छोरा संघर्ष खतिवडा सधंै स्कुलको बसमा विद्यालय आउजाउ गर्छन् ।

सदाजस्तै बुधवार पनि स्कुल गएका संघर्ष घर फर्कने क्रममा स्कुल बस चढे । उनले स्वास्थ्य अवस्था अलि ठिक नभएको महशुस गरे । स्कुल बसमा घर फर्कदै गर्दा बीच बाटोमा नै उनी अचानक काप्न थाले र अर्धचेत अवस्थामा पुगे ।

ती छात्र जो बिरामी भई राम्रोसँग होसमा समेत थिएन उनलाई स्कुल बसका चालक र सहयोगी कर्मचारीले वेवास्ता गरी बीच बाटोमा नै झारिदिए । तर अभिभावकको जिम्मा लगाएनन् ।

जबकी विद्यालयले विद्यार्थी अभिभावकको जिम्मा नलाएसम्म विद्यालयको जिम्मेवारी हुन्छ । तर विद्यालय आफ्नो जिम्मेवारीबाट पछि हटेको यस घटनाले देखाएको छ ।

यो समाचार तयार पार्दासम्म संघर्ष खतिवडा पोखराको बसपार्क स्थित सहारा हस्पिटमा उपचारत अवस्थामा छन् । संघर्षसँगको कुराकानीको क्रममा उनले भने–‘म गाडीभित्र नै फेन्ट भएको रहेछु, शरीरले धान्न नसक्ने भएकोले सोही बसभित्र रहेका आफुभन्दा सिनियर दाईहरुले घरभन्दा १०० मिटर तल बोकेर बसबाट झारिदिएको तर बसका चालक र सहयोगीले भने कुनै मद्दत गरेनन् ।’ उनले आफुलाई बसबाट झारिदिएको ठाउँका अङ्कल, आन्टीहरुले आएर पानी दिएको र तिमी कसको छोरा हौं ? भन्दै सोधेको बताए ।

उनका अनुसार उनीसँगै रहेको बहिनीले बुबाको नाम युवराज खतिवडा रहेको बताईन् । युवराज खतिवडा संर्घषका सानो बुबा हुन् । यसरी त्यहाँका मानिसहरुले उनको फोन नम्बर पत्ता लगाएर फोन गरेपछि मात्र यस घटनाको बारेमा आफुले थाहा पाएको युवराज खतिवडाले बताए ।

संघर्षका अभिभावकले विद्यालयका कर्मचारीबाट जुन किसिमको गैरजिम्मेवारी पूर्ण काम भयो, यो अत्यन्त दु:खद भएको बताए । उनीहरुले बच्चाहरुको लागि दोस्रो घर मानिने विद्यालयले गरेको लापरवाहीले विद्यालयप्रतिको विश्वास गुमेको गुनासो पोखे ।
सोही विषयमा कुरा गर्न विद्यालयका संस्थापक अशोक पालिखेसँग टेलिफोन सम्पर्क गर्दा उनले यस विषयमा कुराकानी गर्न आनाकानी गरेका थिए ।
उनले उक्त घटनालाई लिएर आफु सम्बन्धित व्यक्ति नभई स्वयम अभिभावक नै भएको भन्दै गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिए । यससँगै उनले ती बालक संघर्षलाई भैरव लागेकोले त्यस्तो भएको समेत बताए । विद्यालयको तर्फबाट के कस्ता कमजोरी भएका हुन् त्यस विषयमा आफुले खतिवडासँग कुरा गरिसकेको जनाए ।

तर यस विषयमा संघर्षका सानो वुवा युवराज खतिवडाले विद्यालयको कमजोरी भएको र सबैभन्दा चित्त नबुझ्दो कुरा भनेको नै अभिभावकलाई कुनै खबर नै नगरी बच्चालाई बीच बाटोमा नै छोड्नु ठूलो गल्ती भएको बताए ।

उनले बच्चालाई हस्पिटलमा भर्ना गर्दाको समयसम्म पनि विद्यालयको तर्फबाट एक जना पनि त्यहाँ आफ्नो बच्चाको स्वास्थ्य अवस्थाको बारेमा बुझन नआएको जानकारी दिए ।

अहिले बच्चाको अवस्था भने अलि सामान्य रहेको र विशेष गरी कमजोरीका कारण बच्चालाई सो किसिमको समस्या देखिएको अस्पतालले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्