उद्धार र राहतका लागि सरकार संबेदनशिल छ : आन्तरिक मामिला मन्त्री चुमान

  • ख-
  • ख+


पोखरा, २६ असार ।
गण्डकी प्रदेशका बिभिन्न जिल्लाहरुमा बाढी पहिरोका कारण जनधनको क्षति भएपछि गण्डकी प्रदेश आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले एक बिज्ञप्ती प्रकट गरि सचेत र सजग रहन सबै प्रदेश बासीलाई आग्रह गर्नुभएको छ ।

मन्त्री चुमानले प्रदेशभित्रका बिभिन्न जिल्लामा पहिरो र बाढीबाट ज्यान गुमाएकाहरु प्रति पनि श्रद्धान्जली तथा परिवारमा समबेदना प्रकट गर्नुभएको हो ।

विपद ब्यबस्थापनका लागि सरकारले आबस्यक गृहकार्य गरिरहेको र जोखिम न्युनिकरणका प्रयास भैरहेको भएपनि अचानक हुने यस्ता घटनाले थप सजगता अपनाउन आबस्यक रहेको जारी बिज्ञप्तीमा उल्लेख छ ।

पछिल्लो जानकारी अनुसार गण्डकी प्रदेशका लमजुङ्ग,कास्की म्याग्दी जिल्ला लगायत गरि ११ जनाको ज्यान गएको १६ जनाको सकुशल उद्धार गरिएको छ भने १० घर पुर्ण क्षेति भएको र ३ घर आंशिक क्षेति भएको बताइएको छ । कतियपय मानिसहरु अहिलेपनि बाढी र पहिरोमा हराईरहेका छन ।

केही बिकासका संरचनाहरु पनि काम नलाग्ने गरि भत्कीएका छन । यो अबस्थामा उद्धारमा खटिएका सुरक्षाकर्मि, स्वास्थ्यकर्मि तथा स्थानिय जनसमुदायहरुमा पनि मन्त्रालयको तर्फबाट धन्यबाद दिइएको छ ।

समस्याग्रस्त क्षेत्रहरुमा बिपद ब्यबस्थापन समिति मार्फत खाद्यान्न, त्रिपाल तथा बन्दोबस्तीका सामानहरुको ब्यबस्था गरिएको पनि बताइएको छ ।


अबिरल बर्षाका कारण देशका बिभिन्न स्थानहरुमा जनधनको क्षति हुने क्रम रोकिएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्