भुवन क्षेत्री : ‘इक्यान उपाध्यक्षको उम्मेदवार,संस्थाप्रति जिम्मेवार’

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा  ।
यहि असार ३० गते शनिवार काठमाण्डौंमा हुने नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को उपाध्यक्षमा भुवनबहादुर क्षेत्रीले उम्मदवारी दिएका छन् ।

उम्मेदवार क्षेत्री संस्थाप्रति सधैं जिम्मेवार रहि काम गर्ने एक युवा व्यवसायी हुन् । उनीमा संस्थालाई कसरी अगाडी लैजान सकिन्छ भन्ने धेरै तरिका र अनुभव पनि छ । हेपाहा प्रवृतिविरुद्ध लड्ने आँट र साहस उनीमा छ ।

प्रभावशाली र स्पष्टवक्ताका रुपमा चिनिने भुवन उच्च शिक्षा अध्यनको लागि उनी ५ बर्षसम्म डेनमार्कमा रहे भने मास्टर इन आइटी भारतको सिक्किम स्थित मनिपाल युनिभर्सिटीबाट उत्तीर्ण गरेका हुन् ।

संस्थाको विकेन्द्रिकरण र सुदृढीकरणदेखि शाखाका मुद्दा र शैक्षिक परामर्श व्यवसायीको हकहितमा वकालत गर्ने व्यक्ति हुन् । उनले संंस्थाले आफ्ना सदस्य संस्थाहरुलाई मातृत्व र भातृत्वको आभास हुने गरी र संस्थाप्रति विश्वास र गरिमा बढाउनको लागि काम गर्ने बताए ।

उनले संस्थाको शाखाहरु विस्तार र वृद्धिसँगै केन्द्रमा चेपिएका चुनौतीहरु एकातीर छ भने स्थापीत शाखाहरुको व्यावस्थापन सम्वन्धित शाखारुमा अर्को चुनौतीको रुपमा रहेको छ बताउँदै लक्षित कार्ययोजना पुरा गर्न श्रोत व्यवस्थापन, जनशक्ती व्यवस्थापन, आवद्ध सदस्य संस्थाको व्यवसायीक समस्या समाधान, संस्थाको आचारसंहिताको पूर्ण पालन लगाएतका विषयहरु शाखा संस्थाहरुको प्रमुख चुनौतिहरु सामान गर्दै अगाडी बढ्नको लागि उपाध्यक्षको पदमा चुनावमा होमिएको उल्लेख गरे ।

एक उज्ज्वल इक्यान लिडरका रुपमा परिचित क्षेत्रीले विगत लामो समयदेखि निरन्तर इक्यान कास्कीको कार्यसमितीको सदस्य, सचिव, अध्यक्ष तथा केन्द्रमा पदेन सदस्यको रुपमा र अन्य विभिन्न संध संस्थामा रही आफ्नो महत्त्वपूर्ण जिम्मेवारी पुरा गरिसकेका छन् ।

निर्वाचनमा इक्यान अन्तर्गतका शाखाहरुकोे प्रतिनिधित्व गरेका भुवन क्षेत्री समाजसेवी एवं एक सफल युवा व्यवसायी हुन् । उनी भन्छन् ‘इक्यानमा देशभरका शैक्षिक परामर्श व्यवसायीहरुको प्रतिनिधित्व हुन जरुरी छ । शाखाहरुले पनि इक्यानमा अपनत्व महसुस गर्न सक्नुपर्छ, ।’

उनले विगत १२ वर्षदेखि पोखराको चिप्लेढुंगामा तार्गेट इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी सञ्चालन गर्दै आएका छन् ।

स्याङ्जाको फेदिखोलामा वुवा देबिलाल क्षेत्री र आमा शुभकुमारी क्षेत्रीको काेखबाट जन्मिएका साहिलो छोरा भुवन हाल पोखरामा बस्छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्