‘रोटरी क्लवको अतुलनीय याेगदान’:मुख्यमन्त्री पाण्डे

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेशको  समृद्दिको लागी रोटरी क्लवको योगदान अतुलनिय रहेको बताएका छन् ।

रोटरी क्लब अफ पोखरा अन्नपुर्णको १८ औं पदस्थापन कार्यक्रमको अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले रोटरी क्लवले प्रदेश भित्र स्वास्थ्य, शिक्षा र खानेपानीको क्षेत्रमा पूरयाएको योगदानको चर्चा गर्दै  प्रदेशको नीति तथा कार्यक्रममा मुटु रोगको विशेष अस्पताल स्थापना गर्ने रहेको र रोटरी क्लवको सहयोग र सहकार्यको अपेक्षा रहेको बताए ।

मुख्यमन्त्री पाण्डेले अहिले प्रदेशमा दैनिक ५/७ जना व्यक्ती मानसिक समस्याको कारण आत्महत्या गर्ने गरेको चर्चा गर्दै  रोटरी क्लवको प्राथमीकता मानसिक स्वास्थ्य र यसको निरुपण  रहेकोमा यो बिषय प्रदेशको पनि मुख्य समस्याको रुपमा  रहेकोले सहकार्य गर्न आफु तयार रहेको उल्लेख गरे ।

क्लवका २०२२\२३ का अध्यक्ष देबेन्द्र बास्तोलाले वर्ष २३\२४ का अध्यक्ष ताेयाबहादुर भट्टराईलाई पद हस्तान्तरण गरेर सम्पन्न भएको कार्यक्रममा मुख्यमन्त्री पाण्डेले समग्र  प्रदेशको विकासका लागि सहकार्य नै मुख्य आधार भएको र आफु समग्र प्रदेशबासीको आकांक्षा विपरीत  जान नसक्ने प्रष्ट पारे ।

सो अवसरमा रोटरी डिष्ट्रीक्ट ३२९२ का असिस्टेन्ट गभर्नर जयराम पौडेल , क्लवका संस्थापक अध्यक्ष देवराज चालिसे लगायतले  रोटरी अभियान र रोटरी क्लव अफ अन्नपुर्णको गतिबिधिका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा बर्ष २२\२३ का अध्यक्ष देबेन्द्र बास्तोलाले आफ्नो कार्यकाल मा सहयोग पुर्याउने संघ संस्था एवं समकालीन व्यक्तीहरुलाई सम्मान गरेका थिए भने वर्ष २३\२४ का अध्यक्ष तोयाबहादुर भट्टराइले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।

क्लवले प्रदान गरेको व्यवसायिक सेवा सम्मानबाट याम्स वार्वरका राम प्रसाद गुरुङ, क्लवका सहयोगी एस ओस एस बालग्राम गण्डकी, थ्री सिस्टर एडभेन्चर, नेपाल अर्वुद रोग निवारण संस्था, होटल पौवा, क्लवका सदस्य निकेश कर्माचार्य , बाबुराम बराल , इश्वर कर्माचार्य, ,रोश गुरुङ , लगायतलाई सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्