गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेटमा भारी कटौती, अन्यौलता थपियो

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०८०/०८१ को बजेटमा गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेटमा भारी कटौती गरेको छ । आर्थिक वर्ष ०७९/०८० को तुलनामा यो वर्ष १ करोड ४८ लाख ८ हजार कम बजेट विनियोजन भएको हो । यसरी कम बजेट विनियोजन हुँदा सुरुवात गरिएका केही कार्यक्रमलाई निरन्तर अगाडि बढाउन समस्या हुने देखिएको छ ।

‘अघिल्लो वर्ष प्रज्ञा प्रतिष्ठानको लागि ३ करोड २८ लाख बजेट छुट्याइएको भएपनि यो वर्ष १ करोड ४८ लाख ८ हजार कम बजेट विनियोजन भएको छ’ प्र्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले भने ।

यो वर्ष स्वास्थ्य बीमा, श्रष्टा वायोग्राफी, भाषा प्रशिक्षण, प्रकाशन र दिवस तथा समारोह शिर्षकको रकम कटौती गरिएको हो । प्रतिष्ठानले तिव्रताका साथ काम गरिरहेका क्षेत्रमा बजेट कटौती हुँदा अन्यौलता थपिएको सदस्य सचिव श्रेष्ठले जनाए ।

अघिल्लो आर्थिक वर्षमा गण्डकी प्रज्ञा प्रतिष्ठानले २ सय जना श्रष्टाहरुको स्वास्थ्य बीमा गरेको थियो । कम्तिमा १० वर्षदेखि सो विधामा योगदान पुर्‍याएका श्रष्टाको विमा गरियो । बजेट कटौती हुँदा अबको वर्ष यो कार्यक्रमलाई निरन्तरता दिन समस्या हुने भएको छ ।

प्रतिष्ठानले स्थापित जाती विस्तापित भाषा नाम दिएर मातृभाषा प्रशिक्षण कार्यक्रम गरिरहेको थियो । यो वर्ष यो शिर्षकको बजेट समेत कटौती भएको छ । जसका कारण प्रतिष्ठानको अभियानमा धक्का लागेको छ ।

यस्तै गत वर्ष प्रतिष्ठानले गण्डकी प्रदेशका विभिन्न जिल्लाका २८ जना श्रष्टाको वायोग्राफी तयार पारेको थियो । यो वर्ष थप श्रष्टाको वायोग्राफी तयार पार्ने योजना बनाएपनि बजेट कटौती हुँदा अन्यौलता थपिएको छ ।

गण्डकी प्रदेशका कला साहित्य संगीत तर्फका श्रष्टाहरुलाई नगद सहित सम्मान सहितको कार्यक्रम गरेर स्थापना दिवसको कार्यक्रलाई भव्य रुपमा मनाउदै आएको प्रतिष्ठानले अबको वर्ष यो शिर्षकमा खर्च गर्न पाउने छैन ।

यसैगरी प्रतिष्ठानले नाट्य क्षेत्रलाई लक्षित गरेर ‘गण्डकी नाट्यदर्पण’ प्रकाशन गरेको थियो । प्रकाशन तर्फ अन्य काम पनि भए । तर, प्रकाशन शिर्षकको बजेट कटौती भएकोले यो वर्ष प्रकाशन सम्बन्धी काम गर्न समस्या हुनेछ ।

त्यसोत गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापनासाहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवद्र्धन गर्ने काम गर्नको लागि भएको हो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्