महिलालाई कुटपिट गरी फरार रहेका दिपेन पक्राउ,लुटेका थिए ४ हजार रूपैयाँ र माेवाईल

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।
पाेखरामा एक महिलालाई मरणासन्न हुने गरि कुटपिट गरेर लुटपाट गरि फरार रहेका दिपेन गुरुङ भन्ने सन्तबहादुर मगर पक्राउ परेका छन् ।

धादिङ बेनीघाट रोराङ गा.पा.वडा नं.१० डुंगे घर भएका २५ वर्षीय दिपेनलाई नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले निजकै घरबाट साेमवार पक्राउ गरेकाे हाे ।

उनले महिलालाई फलामको हथौडा तथा धारिलो हतियार चक्कुले टाउकोको विभिन्न भाग र दायाँ आँखामा प्रहार गरी मरणासन्न अवस्थामा पुर्‍याई झाँडीमा फालेर महिलाकाे साथबाट नगद रु.४,०००।- र मोबाईल फोन १ थान समेत लुटेर भागेका थिए ।

घट्ना गत जेठ ५ गतेकाे हाे । साेही दिन राति ८ वजेकाे समयमा पाेखरा १८ गुफाडाँडा स्थित झाँडीमा एक महिलालाई गम्भिर घाईते अवस्थामा फेला पारी तत्काल प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएकाे थियाे । र, घट्नाकाे अनुसन्धान थालकाे थियाे ।

घट्नामा संलग्न दिपेनलाई कास्की जिल्ला अदालतबाट कुटपिट वा अंगभंग सम्बन्धी कसुर मुद्दामा ७ दिनकाे म्याद थप गरी थप अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कास्कीले जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्