अन्तराष्ट्रिय पदक ल्याउने खेलाडीलाई घडेरी उपलब्ध गराउनु पर्छ ः राजेश गुरुङ

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप)का बोर्ड सदस्य राजेश गुरुङले खेलको माध्यबाट देशको लागि पदक ल्याउने खेलाडीहरुलाई घडेरी उपलब्ध गराउनु पर्ने बताएका छन ।

पोखरामा बिहिबार १९ औ एशियाली खेलकुदमा सहभागी हुन बन्द प्रशिक्षणको लागि पोखरा आएका खेलाडी स्वागत कार्यक्रममा उक्त कुरा बताएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुरुङले खेलाडीहरुलाई हौसला दिन नेपाल सरकारले ४/५ आना घडेरी उपलब्ध गराउँदा उनीहरुको मनोबल बढ्ने बताएका हुन ।

उनले पोखरा बन्द प्रशिक्षणमा आएका खेलाडीहरुलाई कुनै गाह्रो अप्ठयारो परे व्याक्तिगत र संस्थागत सहयोग गर्न बताएका छन।

गुरुङले खेलाडीहरुलाई खेलमा मात्र सिमित राख्दा मनोटोनस हुने हुदाँ समय समयमा रिफ्रेसमेन्टका कार्यक्रममा सहभागी गराउने जनाएका छन ।

प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले उच्च मनोबलका साथ खेल खेल्न खेलाडीलाई सुझाएका छन । पोखरामा बन्द प्रशिक्षणका क्रममा कुनै किसिमको समस्या भए प्रदेश खेलकुद परिषद गण्डकी सहयोग गर्न तयार रहेको बताए ।

चीनमा हुन गईरहेको १९ औ एशियाली खेलकुदमा सहभागी हुन ह्याण्डबल महिला,भारोत्तोलन,आर्चरी र रग्बी खेलका गरि ४१ खेलाडी र ६ जना कोच गरि ४७ जना बिहिबार पोखरामा आएका हुन ।

पश्मिाञ्चल क्षेत्रिय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मण योगीले पोखरा रंगशालामा खेल भईरहँदा सबैको नजर यहि हुने हुदाँ खेल प्रशिक्षकहरुलाई समय तालिका अनुसार नै खेल प्रशिक्षण गराउन निर्देशन दिएका छन । उक्त कार्यक्रमको संचालन डिबी नेपाली गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्