खेलकुद बिभागको अध्यक्षमा:खगेन्द्र

  • ख-
  • ख+


पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्की अन्र्तगत आयोजित कार्यक्रमले खगेन्द्र क्षेत्रीको अध्यक्षयतामा खेलकुद बिभाग गठन गरेको छ ।

विभागको उपाध्यक्षमा सुमन श्रेष्ठ, महासचिवमा अर्जुन परियार, सचिवमा सुविन तिमिल्सना चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा पूर्ण गुरुङ, बलबहादुर गुरुङ, प्रदिप गुरुङ, अनिमेस शाही, निर्मल क्षेत्री, सौगात पहारी र ध्रुव केसी लाई चयन गरेको हो । ।
पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष किसान सुनारले नेपालको खेलकुदमा निजि क्षेत्रको उल्लेखिय भुमिका रहेको बताउदै खेल क्षेत्रका सबै एक जुट भएर खेलकुद बिकासमा लाग्न पर्ने बताए ।

कोभिड १९ का कारण बन्द भएका खेलकुद गतिबिधि अन्य मुलुकमा समान्य बन्दै गई रहेको अवस्थामा नेपालमा भने सहज हुन सकेको छैन । सरोकारवाला निकायले पहल गरि वातावरण सहज बनाई दिन उपस्थित सबैले आग्रह समेत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्