शितलादेवि सामुदायिक विद्यालयलाई भुकम्प प्रतिरोधि भवन निर्माणमा सरकारको साथ

  • ख-
  • ख+

सुरज श्रेष्ठ,पोखरा । पोखरा १२ मा रहेको शितलादेवि सामुदायिक माध्यामिक विद्यालयमा दुईतले चार कोठे आर सी सी भवन निर्माण हुने भएको छ ।

सो भवन निर्माणको लागि राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्यन इकाइ कास्कीबाट ८१ लाख बजेट प्राप्त भएको शनिबार एक कार्यक्रम गरि विद्यालयले जानकारी दिएको हो ।

प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले भवनको शिलान्यास गर्दे अध्ययनरत विद्यार्थीहरुलाई यो भवनले पठन पाठनमा अझ सहज हुने बताए ।

चारकोठा भवन निर्माणको लागि ७४ लाख र खाने पानी ट्याङकी निर्माणको लागि ७ लाख बजेट प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिका बहादुर कार्कीले बताए ।

“हाल सम्म यो विद्यालयमा आठ दश लाख भन्दा बढि सहयोग कहि कतै बाट आएको थिएन,तर यस पटक सरकारबाट भवन निर्माणलाई ७४ लाख र पानी ट्याङकीको निर्माणको लागि ७ लाख गरि ८१ लाख बजेट विद्यालय खातामा आई सकेको छ ,कुनै कुरामा क्रम्प्रमाईज नगरी उदारहणीय भवनको निर्माण गर्ने छौ ।”उनले भने ।

वि.स २०७३ र २०७५ मा राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेको यो विद्यालयमा नर्सरी देखि १२ कक्षा सम्म अंग्रजी माध्यबाट संचालन हुदै आएको छ ।

हाल यो विद्यालयमा १ हजार २२ जना विद्यार्थी अध्ययनरत रहेको सोही विद्यालयका प्रअ बाबुराम अधिकारीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्