पाेखर ८ बस्ने दिक्षित तुलाचन लागूऔषध सहित पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

‍पाेखरा । पाेखरा ८ घर भएका दिक्षित तुलाचनलाई लागूऔषध सहित प्रहरीले पक्राउ गरेकाे छ ।

ईन्द्रपुरी टोल बस्ने ३७ वर्षीय तुलाचनकाे साथबाट ८ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ, ब्रुफिनुर्फिन ६७ एम्पुल, डाईजापाम ७० एम्पुल, फेनेरागन ६७ एम्पुल गरी जम्मा २०४ एम्पुल, गाजा ४७० ग्राम, नाईट्रोभ्याट ३०५ ट्याब्लेट, डिजिटल तराजु २ थान (१ थान ठुलो, १ थान सानो) र मोवाईल १ थान प्रहरीले बरामद गरेकाे छ ।

आईतवार साँझ ६ वजे लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखरा, वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा खटिएको प्रहरी टोलीले तुलाचनको कोठामा खानतलासी गरी लागूऔषधसहित पक्राउ गरेकाे हाे ।

पक्राउ परेका तुलाचनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरीले जनाएकाे छ ।

 

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्