ताल बाराही मा.वि भुपू विद्यार्थी एसोसियशनको साधारणसभा,विद्यालयलाई २ लाख सहयाेग

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

गणेश पहारी/ पोखरा । पोखरा ६ बैदाममा अवस्थित श्री ताल बाराही माध्यमिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूको साझा संस्था भुतपूर्व विद्यार्थी एसोसियशनको पहिलो साधारणसभा शनिबार सम्पन्न भएको छ ।

विद्यालयको भौतिक संरचना विकासको कुरालाई मध्यनजर गर्दै हालसालै संचालित होटल मेनेजमेन्ट संकायका लागि आवश्यक परेको प्राक्टिकल ल्याव बनाउनका लागि भुपू विद्यार्थीबाट संकलित रकम रु.२ लाखको चेक एसोशियशनका अध्यक्ष नारायण पहारीले व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद न्यौपानेलाई एक कार्यक्रमका विच हस्तारक्षण गरिएको थियो । हाल विद्यालयमा करिव एक हजार विद्यार्थीहरु अध्ययरत गरिरहेका छन् ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि तथा विद्यालयका पूर्व विद्यार्थी एवं गण्डकी प्रदेश माननिय देवका पहारीले २०१४ सालमा स्थापना भएको ताल बाराही मा.वि को समग्र शैक्षिक क्षेत्रको विकासमा योगदान धेरै लामो र निरन्तर रहेको बताईन् ।

गुणस्तरीय शिक्षाका लागि एसोसियशनको भुमिका अव्वल रहने उल्लेख गर्दै पोखराकै पुरानो विद्यालयको रुपमा रहेको विद्यालयले शिक्षा क्षेत्रमा उल्लेखनिय रूपमा फड्को मारि गौरवमय ईतिहास कायम गरेको बताइन् ।

राज्यबाट जति पाउनुपर्ने साथ सहयोग विद्यालयले नपाएकोमा गुनासो गर्दै, आफुले विद्यालयको शैक्षिक गुणस्तर विकास र भौतिक पुर्वाधारका लागि सधै आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले आफ्नो तर्फबाट समेत विद्यालयको शैक्षिक, भौतिक बृद्धि विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेकी छन् ।

भु.पू विद्यार्थी एसोशियशनका संस्थापक अध्यक्ष तथा पूर्व गण्डकी प्रदेश सासंद राजिव पहारीले आफुले अध्ययन गर्दा विद्यालयमा विताएका दिनहरुको स्मंमरण गर्दै विद्यालयमा अध्ययन गरेको विद्यार्थीहरु विच भाइचारा बृद्धि गर्ने सवैलाई एउटै छातामुनि आवद्ध गर्ने र अध्ययन गरेको विद्यालयको गरिमालाई उच्च राखी हरेक तवर बाट सहयोग गर्ने उद्देश्य राखी एसोसियशन स्थापना गरिएको बताए ।

ताल बाराही माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले नेपाल सरकारबाट प्राप्त आर्थिक सहयोगले मात्र विद्यालय संचालन गर्ने कठिनाई हुने गरेको गुनासो गरे ।

ताल बाराही माविले शैक्षिक एव भौतिक रुपमा गरिएको प्रगतिले विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गएको ठोकुवा गरे । उनले विद्यालय शैक्षिक गुणस्तर वृद्धिका लागि सवैको साथ सहयोग आवश्यक रहेको बताए ।

प्राचार्य ताराप्रसाद पोखरेलले विद्यालयको योजना अनुरुप ताल बाराही माविले शैक्षिक भौतिक प्रगति गरिरहेको बताए । पोखरेलले विद्यालयले ब्यवस्थापन र शिक्षा संकायको पठाइ भइरहेका जानकारी दिदै यसै शैक्षिक सत्र देखि होटल मेनेजमेन्टको अध्यापन सुरु गरिएकोे सुनाए ।

पोखरा महानग पालिका वडा नं ६का अध्यक्ष विष्णु बहादुर भट्टराईले स्थानिय सरकारबाट हुने बजेट विनियोजनमा आफुले आवाज उठाउदै आएको र आफ्नो तर्फबाट समेत विद्यालयको शैक्षिक, भौतिक बृद्धि विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

सभाअध्यक्ष नारायण पहारीले देश भित्र र देश बाहिर छरिएर रहेका विधार्थिहरुलाई एकिकृत गर्नुको साथै परिचय र सहकार्यको माध्यम बाट विद्यालयको शैक्षिक विकासलाई सामाजिक उत्तरदायित्व सम्झेर उदेश्य प्राप्ती प्रति कटिबद्ध रहने कुरामा जोड दिए ।

एसोसियशनले मेघा अक्षयकोषको स्थापना गरि प्रत्येक बर्ष १ सय विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गर्ने योजना रहको अध्यक्ष पहारीले बताए । कार्यक्रमको संचालन सदस्य गणेशराज पहारीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्