बालहित संरक्षण समितिकाे अध्यक्षमा गाेकुल कार्की निर्वाचित

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।
बालहित संरक्षण समिति पोखरा ७ काे अध्यक्षमा पुन गोकुल ब.कार्की निर्वाचित भएका छन् ।

शुक्रवार सम्पन्न समितिकाे आठाै बार्षिक साधारण सभा तथा चौंथो अधिवेशनले कार्कीकाे अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेकाे हाे ।

जसकाे उपाध्यक्षमा अर्जुन भण्डारी, महासचिवमा शारदा गिरी, सचिवमा पवित्रा जिसी, कोषाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भए । यसैगरी सदस्यहरुमा थानेश्रवर बराल, तुल ब.गुरूङ,पिङगला भट्ट र सविता बराल चयन भए ।

कार्यक्रममा समितिका सल्लाहाकार एवम् अधिवक्ता युवराज पराजुलीको संयोजकत्वमा दामोदर बराल र प्रभा पन्तको निर्वाचन समितिले निर्वाचन गराएकाे थियाे ।

कार्यक्रममा समितिमा लामो समयदेखि लेखा परिक्षण गरिरहेका लेखा परिक्षक बिष्णुप्रसाद बराललाई सम्मान गरिएको थियाे ।

पोखरा महानगरपालिका उपप्रमुख मन्जु देवी गुरूङकाे प्रमुख अथित्यतामा सम्पन्न कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष राममाेहन आचार्य, माछापुच्छ्रे महिला कल्वका अध्यक्ष गिता पौडेल, वडा नम्वर ७ का सचिव राजेन्द्र पौडेल, वडा नं ७ का सदस्य अर्जुन ब.थापा, सल्लाहाकार युवराज पराजुली ,सम्मानित व्यक्ति बिष्णुप्रसाद बराल लगायतले बाेलेका थिए ।

समितिका महासचिव अर्जुन भण्डारीले गर्नु सञ्चालन गरेकाे कार्यक्रममा सचिव पवित्रा जिसी र कोषाध्यक्ष शारदा गिरीले प्रतिवेदन प्रस्तुत गरेका थिए भने स्वागत थानेश्वर बरालले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्