
पोखरा । नेपाल औषधी व्यवसायी संघको भदौ २२ र २३ गते विरगञ्जमा आयोजना हुन लागेको १४ औ राष्ट्रिय अधिवेशमा गण्डकीले यमनाथ पौडेल र टंक प्रसाद अधिकारीलाई अघि सारेको छ ।
नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेश समितिले पौडेल र अधिकारीको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
वर्तमान केन्द्रिय सचिव यमनाथ पौडेल खुद्रा उपाध्यक्ष र पूर्व केन्द्रिय सचिव एंव वर्तमान सदस्य टंक प्रसाद अधिकारी थोक तर्फको उपाध्यक्षमा भिड्दै छन ।
पोखरामा विगत ३१ वर्ष देखि खुद्रा व्यासायीको रुपमा परिचित पौडेल व्यवसायीहरुको हकहितको लागि दरो रुपमा उभिने गर्दछन ।
व्यवसायीको सुख दुखको सारथी बनेका उनले १४ औ अधिवेशनमा खुद्रा तर्फ उपाध्यक्ष पदको लागि दावेदारी दिदै छन । उनले खुद्रा व्यवसायीहरुको मर्मलाई नजिकबाट चिनेका छन । ‘औषधी कम्पनी चलाउने खुद्रा व्यवसायीहरु नै हुन । तर उनीहरुलाई कम्पनीहरुले खासै प्राथमिकतामा राखेको देखिदैन,‘खुद्रा व्यवसायीहरु चौर्तफी मार परेका छन । खुद्रा व्यवसाय धरासायी बनेको यो समयमा व्यवसायीलाई टिकाइरहन र उनीहरुको आवाजलाई बुलन्द पार्न पनि मेरो यस पटक उपाध्यक्षमा उम्दवारी हो ।’ उनले भने । हाल उनी औषधी व्यवसायी संघको केन्द्रिय सचिव हुन ।
त्यस्तै थोक तर्फको उपाध्यक्षमा उम्मेदवारी दिने अधिकारी पोखरामा विगत ३२/३३ वर्ष देखि औषधीको थोक व्यवसाय गर्दे आएका व्याक्ति हुन । उनी औषधी व्यवसायी संघको पूर्व केन्द्रिय सचिव हुन भने वर्तमान सदस्य हुन ।
संघमा भएका खुद्रा र थोक व्यवसायीलाई चलाएमान र अझै अब्बल बनाउनको लागि हामीले सिफारिस गरेको व्याक्तिहरु सक्षम भएकोले अत्याधिक मतले विजयी गराउन औषधी व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण पाण्डेले आग्रह गरेका छन ।