कास्की फुटबलमा किन पछाडी पर्यो ?

सुरज श्रेष्ठ,
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्की जिल्ला केहि दिन अघि सम्पन्न भएको यु–१६ र भर्खरै सम्पन्न भएको यू–१९ समुहको फुटबल खेलाडी छनोटमा शुन्य भएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले यू–१६ फुटबल छनोट अन्तर्गत ३२ जना खेलाडीको नाम सार्वजनिक गरको थियो । उक्त नामवालीमा कास्कीको एक जना पनि खेलाडी अटाउन सकेन । यू–१६ को छनोट प्रक्रिया सकिए लगतै सम्पन्न भएको यू–१९मा कास्कीका खेलाडी पर्ने अनुमान थियो । त्यसमा पनि कास्कीले खाता खोल्न सकेन ।

कास्की पूर्वधारका हिसाबले गण्डकी प्रदेशकै सबै भन्दा बढि पूर्वाधार भएको जिल्ला हो । तर बिडम्बना भर्खरै सम्पन्न भएको दुवै उमेर समुहको छनोटमा स्थान बनाउन सकेन ।

फुटबल गतिविधि धेरै हुने जिल्लाहरुमा कास्की जिल्ला अग्रस्थानमा नै पर्छ । तर किन कास्की जिल्लाको फुटबल कमजोर बन्यो त ?
यो विषय छलफलको प्रमुख विषय नबनाउने हो भने कास्की जिल्ला फुटबलमा सधै पछाडि पर्नेमा शंका छैन ।

खेलको बारेमा रुचि राख्ने राजनितिज्ञ,व्यवसायी,खेल संघमा नेतृत्व गर्नेहरु पोखरा खेलकुदको राजधानी हो भनेर माइकको जाली फुट्ने गरि भाषण गर्छन । तर पनि किन यहाँको खेलकुदले लय लिन सकेन ?

खेलकुदको विकास हुन नसक्नुको पछाडि खेलकुद संघ संस्था नेतृत्व गर्ने मात्र दोषी हुन त ?यू–१६ र यू–१९ उमेर समुहको फुटबल खेलाडी छनोटको पछिल्लो नतिजाले अब मसिनो गरि यस विषयमा बहस हुन जरुरी छ । सरकारले खेलकुद विकासको लागि जति लगानी गर्नु पर्ने हो त्यती गरेको देखिदैन ।

जति गरको छ । त्यसमा सबै भन्दा बढि लगानी फुटबलमा नै गरेका पाइन्छ । तर पनि सम्रग नेपालको फुटबल विकास हुन सकेको छैन । फुटबलको संभावना धेरै हुदाँहुदै पनि हामीले व्यवसायिक खेलाडी उत्पादन किन गर्न सकेका छैनौ । कास्की जिल्ला फुटबलको उर्वरभूमि हो । फुटबललाई दर्शक चाहिन्छ । कास्कीमा फुटबलको दर्शक छ,भौतिक पूर्वधार छ । राष्ट्रिय अन्तराष्ट्रिय स्तरको प्राविधिकहरु पनि छन । तर किन कास्की जिल्लाको फुटबलले लय समाउन सकेन?

यहाँको फुटबल विकासका लागि धामी झाक्रीलाई देखाउन पर्ने हो कि,ठुलै सप्ताह नै लगाउन पर्ने हो । खै मैले बुझन सकिन ।

कास्की फुटबल संघमा नेतृत्व गर्छु भन्नेहरुले कम्तिमा पनि चुनावताका देखाउने जोस र स्पिड अलि अलि बचाएर आफ्नो कार्यकाल अवधिभर राख्दिने हो भने फुटबल विकास हुने थियो कि?चुनावमा हार्ने समुहकोे प्रहारलाई डिफेन्स गर्दा गर्दे कार्यकाल बित्छ कास्की फुटबल संघको ।

फुटबलको हवको रुपमा मानिंदै आएको कास्की पछिल्लो समय झन सेलाउदै गएको छ । कास्कीमा विभिन्न क्लवहरुले खेलाडी उत्पादनका लागि एकेडेमीहरु सञ्चालन गरे पनि ति एकेडेमीबाट राष्ट्रियस्तरका खेलाडीको उत्पादन शुन्यप्राय छ ।

पोखरामा हालै सम्पन्न भएको छनोटमा कास्की फुटबल संघ र प्रदेश फुटबल संघका पदाधिकारी एक आपसमा विवाद हुँदा पहिलो दिन कास्कीले आफ्ना खेलाडी छनोटको लागि पठाएन । प्रदेश खेलकुद परिषद र जिल्ला खेलकुदविकास समितिको रोहवरमा विवाद साम्य पारे पछि कास्कीले बल्ल आफ्ना खेलाडी छनोटको लािग पठाएको थियो । यो बाट प्रष्ट बुझ्न सकिन्छ कास्की फुटबल संघ आफै भित्र सर्घष गरिरहेको छ भनेर ।

केहि दिन अघि पोखरा रंगशालामा सम्पन्न भएको एक फुटबल प्रतियोगिताको कार्यक्रममा बोल्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाले राज्यको अवौ लगानीमा बनेको यत्रौ संरचना हुदाँ पनि कास्कीले राम्रो नतिजा ल्याउन नसक्नु खेलकुद क्षेत्रमा सहि नेतृत्व नभएको बताएका थिए ।

पछिल्लो नतिजाले हामी पनि चिन्तित छौ : रन्जित
केहि दिन अघि छनोट भएको यू–१६ र यू–१९ को नतिजाले कास्की फुटबल संघका अध्यक्ष उज्वल रन्जितले चिन्ता व्यक्त गरेका छन । ‘कास्की जिल्लामा फुटबल खेलाडीको खडेरी परेको एक दशक भयो ।,‘फुटबल खेलाडी उत्पादनमा अहिले देखि नै सिरियस भएनौ भने हाम्रो जिल्लामा फुटबल खेलाडी खोज्न दिउसै लाईट बाल्न पर्ने अवस्था आउन सक्छ ।’उनले भने । ं

छनोट प्रक्रियामा धाधली भयो कि?
छैन,कोचहरुलाई दबाब दिएर आफ्ना मान्छेहरु पार्ने काम कसैले गरेको छ जस्तो लाग्दैन । कोचहरुले स्वत्रन्त्ररुपमा नै छानेको हो । हाम्रा खेलाडीहरु नै अनफिट भएकोे कारण ंसेलेक्शनमा पर्न नसकेको हो । कास्की जिल्लामा भईरहने सेभेन ए साइड र फुटसल पनि एउटा कारण भएको अध्यक्ष रन्जितले सुनाए ।

खेलाडी उत्पादन हुन प्रतियोगिताहरु भईरहनु पर्छ । कास्की जिल्लामा साहारा क्लबले बर्षेनी आयोजना गर्ने आहा रारा गोल्डकप बाहेक कुनै ११ ए साइडका ठुला प्रतियोगिताले निरन्तरता पाएको छैन । कास्की जिल्ला फुटबल संघले आयोजना गरेको मनकामना कपले दोस्रो वर्ष देख्नै पाएको छैन । यो त्यो बहानामा कास्कीको फुटबलमा तगारो नबनौ । सबैले हातेमालो गरेर कास्कीको फुटबललाई माथि उठाऔ । जय फुटबल

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्