शिक्षासेवी नारायण सिग्देलको स्मृतिमा छात्रवृत्तिकाे लागि अक्षयकोष स्थापना

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

शिक्षा सेवी स्व. नारायण सिग्देलको स्मृतिमा पोखरा ८ सिमलचौरमा रहेको श्रीराम आधारभुत स्कुलमा छात्रवृत्तिका लागि अक्षयकोषको स्थापना भएको छ । स्व. सिग्देलको स्मृतिमा उनको परिवारले अक्षयकोषको स्थापना गरेको हो ।

सिग्देलकी श्रीमती हरीमाया सिग्देल र छोरा डा. यज्ञराज सिग्देलले १ लाख रुपैयाको अक्षय कोष स्थापना गरेका हुन् । सोही विद्यालयका सस्थापक प्रधानध्यापक रहेका स्व. नारायण सिग्देले विद्यालयमा ३० वर्षसम्म अध्यापन गराएका थिए ।

अक्षयकोषका लागि विद्यालयका प्रधानध्यापक तिर्थराज न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्ति चालिसे, पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बराल लगाएतलाई हरीमाया सिग्देल र डा.यज्ञराज सिग्देलले १ लाख रुपैयाका चेक हस्तान्तरण गरे ।

१ लाख रुपैयाबाट आएको व्यजबाट जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने विद्यालयक प्रधानध्यापक न्यौपानेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्