नेपाल दृष्टिविहीन कल्याण संघ कास्कीकाे अध्यक्षमा पुन: टेकमान प्रधानाङ्ग

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।
नेपाल दृष्टिविहिन कल्याण संघ कास्कीकाे अध्यक्षमा पुन: टेकमान प्रधानाङ्ग सर्वसम्मत चयन भएका छन् ।

शनिवार सम्पन्न संघकाे १२ आ‍ैं शाखा सभा तथा पाँचाैं शाखा अधिवेशनबाट प्रधानाङ्ग अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।

अधिवेशनले संघमा १२ जना कार्यसमिति सदस्य समेत चयन गरेकाे छ । सदस्यहरुमा  बुद्धिसागर घिमिरे, विजया रेग्मी, रामप्रसाद आचार्य, सन्ध्या पौडेल, नवीन भट्टराई, नारायणी कोईराला, गिरिराज गौतम, विन्दु के. सी., लोकबहादुर गुरुङ्ग, कृष्णबहादुर गुरुङ्ग, विन्दिमाया आले र गिरिधारी सुवेदी रहेका छन् ।

संघकाे उपाध्यक्ष, काेषाध्यक्ष, सहकाेषाध्यक्ष, सचिव र सहसचिव पदमा भने कार्यसमितिकाे आन्तरिक छलफलले पछि चयन गर्नेछ ।

नवनिर्वाचित अध्यक्ष प्रधानाङ्गले आगामी दिनमा संघलाई अझ प्रभावकारी ढंगले अगाडी बढाउने बताएका छन् ।

समाजसेवी भिम प्रसाद श्रेष्ठकाे संयाेजकत्वकाे निर्वाचन मण्डलले संघकाे निर्वाचन प्रकृया पूरा गराएकाे थियाे ।

कार्यक्रममा संघका सचिव लाेक बहादुर गुरुङले कार्यप्रगति प्रतिवेदन र काेषाध्यक्ष विजया रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा चालू आ.व.२०८०/८१ काे लागि प्रस्तावित कार्यक्रमहरु पनि प्रस्तुत गरिएकाे थियाे ।

२०५२ सालमा स्थापना भएकाे यस संस्थाले दृष्टि अपाङ्गता भएका व्यक्तिहरुलाई शिक्षा, स्वास्थ्य तथा पुनस्थापनाका क्षेत्रहरुमा सेवा प्रदान गर्दै आईरहेकाे छ । संघकाे शाखामा ५७ जना सदस्यहरु आवद्व छन् ।

संघका केन्द्रिय सदस्य तथा जिल्ला शाखा कास्कीका उपासभापति गिरीराज गाैतमले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन सचिव लाेक बहादुर गुरुङले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्