दाेस्राे सराङकाेट तिज गीत प्रतियाेगितामा देवीस्थान भजन आमा समूह प्रथम

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । अन्नपूर्ण सामूदायिक विकास मञ्चद्वारा आयाेजित दाेस्राे सराङकाेट तिज गीत प्रतियाेगितामा देवीस्थान भजन आमा समूह प्रथम भएकाे छ ।

प्रतियाेगितामा सन्जिवनी आमा समूह द्वितिय, बौद्ध तामाङ आमा समूह तृतिय र सक्षम अभियान नेपालको समूह सान्तवना भएका छन् ।

यस्तै गृहिणी नृत्य अन्तर्गत लक्ष्मी त्रिपाठी प्रथम,आरति थापा द्वितिय, एलिसा ढकाल तृतिय र विमला ढकाललेु सान्त्वना स्थान प्राप्त गरे ।

प्रतियाेगिता यहि भाद्र ३१ र असाेज १ गते महिला साना किसान कृषि सहकारी सस्था लिमिटेड, जागृती युवा मञ्च, भकुण्डे युवा मन्च र सफलता युवा क्लवको सहआयोजनामा पाेखरा १८ सराङकाेटमा सञ्चालन भएकाे थियाे ।

भुमी तथा कृषीमन्त्री महेन्द्रध्वज जि सिकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको प्रतियाेगिताकाे अध्यक्षता अन्नपूर्ण सामूदायिक विकास मञ्चका अध्यक्ष महेश कुमार तिमिल्सिनाले गरेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्