पोखराको संगीतलाई ब्यूझाउन कलाकार संघले अन्तर कलेज ब्याण्ड कम्पिटिसन गर्ने

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । पोखरामा सुस्ताएको संगीतलाई पुरानै लयमा फर्काउन पोखराका कलाकारहरु झुरमुराएको छन ।

बुधबार पोखरामा पत्रकार सम्मेलन गरि अन्तर कलेज ब्याण्ड कम्पिटिसन गर्दे पोखरा निदाएको छैन भन्ने सन्देश दिन खोजेको छ ।

कलाकार संघको आयोजनामा यहि असोज १२ र १३ गते पोखरा स्थित प्रदर्शनी केन्द्र नयाँबजारको डोममा उतm कार्यक्रम आयोजना गर्न लागेको कलाकार संघका सचिव भाष्कर ध्वज श्रेष्ठले जानकारी दिएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका सह–सचिव एंव गायक विनोद बानियाँले पोखराको संगीतलाई फेरि पुरानै लयमा फर्काउन यो कार्यक्रम कोशेढुंगा सावित हुने बताए ।

पर्यटन उकास्न र पछिल्लो समय कोभिडका कारण लाखौं मानिसहरुमा देखिएको मानसिक असरबाट मुक्त गराउन यस्ता सांगीतिक कार्यक्रमले थेरापी काम गर्ने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष एवं लेकाली ब्याण्डका भोकलिष्ट हर्कराज गुरुङ(भाई गुरुङ)ले बताए ।

प्रतियोगिताका लागि डिजिटल अडिसनमार्फत २१ टिम प्रतिष्पर्धाका लागि छनौट भएका छन् । डिजिटल अडिसनबाट छनौट भएकाहरुबीच असोज १२ र १३ गते प्रतिष्पर्धामार्फत फाईनल चरणमा प्रवेश गर्नेछन् । फाईनल चरणमा दिएको प्रस्तुतीका आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद १ लाखसहित प्रमाणपत्र, द्वितीय हुनेलाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५ र ५ हजार सहित प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा ५ जनाको निर्णायक मण्डल रहनेछ, जसको संयोजकमा संगीतकार सुनिल थापा र सदस्यहरूमा गायक बिनाद बानिया,संगीतकार अमित गुरुङ, संगीतकार स्यामसुङ तामाङ र वाध्यवादक किरण बैद्य रहेका छन् ।

प्रतियोगिताको लागी बिभिन्न क्षेत्रबाट १६ लाख संकलन उदेश्य रहेकोमा कार्यक्रम सम्पन्न गर्न झण्डै १२ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताबाट संकलनलित रकम मध्ये बचत रकम कलाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनसँगै कलाकारको हक, हित र अधिकारका लागि खर्च गरिने पनि संघका अध्यक्ष गुरुङले बताए ।

पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो । ९० को दशकमा स्थापना भएका नेपालकै सर्बाधिक लोप्रिय नेपथ्य, कन्धरा, लेकाली, डि–मोर्चा, द–एज जस्ता ख्यातीप्राप्त ब्याण्डहरू जन्माउन सफल पोखरा र पोखरेली सांगीत क्षेत्र पछिल्लो समय भने सेलाएको देखिन्छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्