क्यानोनिङ पर्यटनको नयाँ गन्तव्य सभापति कोइराला

  • ख-
  • ख+


पोखरा,२६ साउन ।
गण्डकी प्रदेश सभा अन्तरगतको अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले साहसिक खेल क्यानोनिङ पर्यटनको नयाँ गन्तब्य हुने बताएका छन् ।

पोखरा २८ माँझठानामा अवस्थित रोलाखोला र ढोडेनी खोला झरना,क्यानुनिङ लगायतका साहसिक खेलको पर्यटन गन्तव्यस्थलको लागि महत्वपूर्ण ठाउँरहेको बताए ।

त्यहाँ रहेको झरनामा आफैले आइतबार क्यानोनिङ गरेपछि सभापति कोइरालाले लुकेर रहेका पर्यटकीय गन्तब्यहरुको पहिचान गर्दे प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
सभापति कोइरालाले त्यस ठाउँको विकासको लागि आफुले विशेष पहल गर्नेपनि जनाए ।

क्यानोनिङ अबलोकनको लागि पुगेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले भुर्तेल गाउँ र वास्तोला गाउँमा रहेको अत्यन्तै रमणीय रोलाखोला र ढोडेनी खोला झरना,क्यानोनिङ लगायतका साहसिक खेलको लागि उत्तम रहेको बताए । उनले त्यस क्षेत्रको विकासको लागि आफुले समन्वय गर्ने जनाए ।

साहसिक पर्यटनमा रुचि राख्नेहरुको लागि पोखरा महानगरभित्रै रहेको क्यानोनिङ आर्कषर्णको नयाँ गन्तब्य हुने वडानं २८का वडाध्यक्ष निर्मल दियालीको भनाई छ ।

६० मिटर अग्लो रहेको झरनाबाट अहिले सम्म दुईसय जनाले क्यानोनिङ गरेको क्यानोनिङ मास्टर रोशन त्रिपाठीले जानकारी दिए ।

२०७५ सालदेखि त्यहाँ बाट क्यानोनिङ हुने गरेको भएपनि अहिले लकडाउन संगै चर्चामा आएको त्रिपाठीको भनाई छ ।

नेपालमा कास्की, लमजुङ, सिन्धुपाल्चोक, नुवाकोट लगायत जिल्लाका २० भन्दा बढी झरनामा क्यानोनिङ गरिँदै आएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्