
पाेखरा । पोखरा इन्जिनियरिङ्ग कलेजले पोखरामा पहिलो पटक एक दिवसीय “आर्किटेक्चर शोधकार्य प्रदशर्नी २०२३ (Architecture Thesis Exhibition 2023)” आयोजना गरेकाे छ ।
शुक्रवार विहान १० वजेदेखि शुरु हुने एक्जिविसन पाेखराकाे हल्लनचाेकबाट भित्र फेवा किनारकाे साइडमा करिव ५०० मिटर क्षेत्रफलमा वेलुक ७ वजेसम्म सञ्चालन हुने विहिवार कलेजद्वारा आयाेजित पत्रकार सम्मेलनमा जानकारी गराईएकाे छ ।
पोखरा ईन्जिनियरिङ्ग कलेजमा सन् २०१७ बाट यस क्षेत्रमा नै पहिलो पटक सुरु भएको आर्किटेक्चर विषयको अध्ययन सम्पन्न गरेर पहिलो ब्याच उत्पादन भएको हो । उक्त व्याचमा २२ जना विद्यार्थी अध्ययनरत थिए ।
स्नातक तह अन्तिम वर्षका विद्यार्थीहरुद्वारा गरिएका शोधकार्य (Thesis Works) को सिर्जनालाई सार्वजनिक गरेर उनिहरुमा थप हौसला प्रदान गर्ने र उक्त सिर्जनाहरुको व्यवसायिक उपयोगिताको प्रवर्द्धनका लागि विद्यार्थी, अभिभावक, इन्जिनियरिङ्ग र आर्किटेक्चर पेशाकर्मी, सरकारी कार्मचारी, उद्योग व्यवसाय, विभिन्न तह र सरोकारवाला क्षेत्रका व्यक्तिहरुलाई लाभान्वित हुने गरि प्रदर्शनीको अवलोकन गराउने प्रमुख उद्देश्य रहेकाे कलेजका प्रशासक चिजकाजी गुरुङले जानकारी दिए ।
एक्जिविसनमा करिव ४ हजार अवलाेकनकर्ता सहभागि हुने कलेजकाे अपेक्षा रहेकाे कलेजका प्रिन्सिपल साेम गुरुङले जानकारी दिए । पाेखराका ८० वटा कलेज र पाेखरा बाहिरका १२ कलेजमा सहभागिताकाे लागि पत्राचार गरिएकाे उनकाे भनाई छ । पाेखराभित्रका सरकारी कलेजका विद्यार्थीहरुले पाेखरा इन्जिनियरिङ्ग कलेजले नि:शुल्क वसकाे सुविधा समेत दिएकाे छ ।
विद्यार्थीहरुको सोधकार्य मार्फत भवन तथा शहरी विकासको अवधारणामा केहि नयाँ आयाम थप्ने, शोधकार्य मार्फत नवआगन्तुक विद्यार्थीहरु लगायत आर्किटेक्चर पेशाकर्मीहरुलाई रचनात्मक तथा कलात्मक डिजाइन गर्न प्रेरित गर्ने, समुदाय र आर्किटेक्चर पेशाकर्मी बिचमा संवाद र अन्तरक्रिया गराइ समाजको मूल्य मान्यता र वस्तुपरक डिजाइन स्थापित गर्न टेवा पुयाउने, व्यवसायिक संघसस्था, आर्किटेक्चर पेशकर्मी र विद्यार्थीहरु विचमा सहकार्य र नेटवर्किङ्गलाई प्रोत्साहन गर्ने, प्राविधिक र सामाजिक उत्थानको कार्यमा सहयोग गर्ने, साथै नयाँ प्रविधि र राज्यको दिगो विकासमा सहयोग पुर्याउने प्रदर्शनीको उद्देश्य हो ।
एक्जिविसनमा डिजिटल बाेर्ड, एनिमेसन, माेडल, पाेष्टर समेत प्रदर्शनीमा राखिने आर्किटेक्चर विभागिय प्रमुख समिक्षा कंडेलले जानकारी दिईन् ।
यस प्रदर्शनीमा माथि उल्लेख गरिएका शोधकार्यहरु लगायत अन्य आर्किटेक्चर डिजाइनका मोडेलहरु समेत प्रस्तुत गरिने छ ।
एक्जिविसनकाे उद्घाटन पाेखरा विश्वविद्यालयका रजिष्ट्रार प्राे.डा. दिपकबहादुर भण्डारीले गर्ने कलेजले जनाएकाे छ ।
