
पोखरा । ३० औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आन्दित गृह नेपालले शनिबार एक कार्यक्रम बिच गुरुङ दम्पतीलाई सम्मान गरेको छ ।
आन्दित गृह नेपाल र पोखरा बृद्ध आश्रमले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा गोपाल गुरुङ र उहाँकी धर्मपत्नी लक्ष्मी गुरुङ सम्मानित हुनु भएको हो । उहाँहरुले बृद्ध बृद्धाहरुकोे संस्थालाई आर्थिक,नैतिक र भौतिक सहयोग गर्नुको साथै अन्यलाई पनि सहयोग गर्न उत्प्रेरित गरेकोले उहाँहरुलाई संस्थाले अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले समय,परिस्थिीति,बाध्यता र फेसनकै कारणले पछिल्लो समय देशका युवाहरु विदेशी चलन बढ्दै गएको छ । जसको कारण बृद्ध आमा बुवाहरु एक्लिदै छन । उहाँहरुको रेखदेख गर्ने कोहि हुदैनन । यस्तो अवस्थामा बृद्ध आश्रम अहिलेको आवश्यकता भएको उनले बताइन ।
गण्डकी प्रदेश सरकार बृद्ध आमा बुवाहरुको साथमा छ भन्ने आभाष दिन्छौ । त्यसमा ढुक्क हुनुस । तपाईहरु बृद्ध आमा बुवाहरुको अभिभावक भएकोले उहाँहरुको सेवामा जुट्नुस । गण्डकी प्रदेश सरकार तपाईहरुले गरेको मानविय कार्यलाई हातमा हात साथमा साथ दिन्छौ । उनले भनिन ।
कार्यक्रममा बोल्दै आन्दित गृह नेपालका अध्यक्ष डाक्टर यज्ञमान शाक्यले आन्दित गृह नेपाल आफ्नै भौतिक संरचनामा संचालन भएकोले अहिले सम्म सेवा दिन सकेको बताए । यस्तो संस्था खोलेर सेवा दिने मनसाय भए आफ्नै भौतिक संरचना हुनु पर्ने नत्र संम्भव नहुने उनको तर्क छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाका प्रमुख कुस्म राज आर्चाय ,पोखरा महानगरपालिका जेष्ठ नागरिक संघका प्रमुख भक्तराज श्रेष्ठ,जेष्ठ नागरिक साझा चौतारी रत्नचोकका अध्यक्ष भुपेन्द गिरी,पोखरा जेष्ठ नागरिक महासंघका सचिव कुशुम केशव पराजुली,संस्थाका सदस्य खड्ग सिंह रानाभाट लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम संचालन संस्थाका सदस्य शुशिला खनाल र स्वागत मन्तव्य संस्थाका सदस्य रमेश ताम्राकारले गरेका थिए ।
अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सम्पन्न भएको उक्त कार्यक्रम लगतै सम्पन्न भएको संस्थाको १० औ साधारण सभाले संस्थाको विधानका केहि बुदा परिवर्तन गरेको संस्थाका सचिव रोमा राउत शाक्यले बताइन ।