पाेखरामा फुड सेन्टर

  • ख-
  • ख+

सागर ढकाल/ सिटिपाेखरा संवाददाता
पाेखरा,११ भदाै ।
सहिद वेपत्ता स्मृति स्पाेटर्स स्कुलले पाेखरामा फुड सेन्टर सन्चालन गरेकाे छ । “महामारीमा तपाईसँगै हामी”भन्ने अभिप्रायका साथ फुड सेन्टर सन्चालन गरेकाे अनेरास्ववियुका केन्द्रिय नेता तथा सहिद वेपत्ता स्मृति स्पाेटर्स स्कुलका अध्यक्ष क्षितिज सापकाेटाले जानकारी दिए ।

अहिले विश्व नै काेराेना भाईरसका कारण आक्रान्त भईरहेकाे छ, यस समयमा भएकाे लकडाउन तथा निशेधाज्ञाका कारण मर्कामा परेका दैनिक काम गरेर जिविका चलाउनेहरुलाई लक्षित गरी फुड सेन्टर सन्चालन गरेकाे अध्यक्ष सापकाेटाले जानकरी दिए ।

सिमित परिमाणमा मात्र खाद्य सामान किन राख्नुभएकाे राख्नुभएकाे भन्ने सिटिपाेखराकाे प्रश्नमा अध्यक्ष सापकाेटाले भने:-“राहातकाे नाममा आफ्नाे पेट र भकारी भर्ने संस्कारकाे अन्त्य गर्न र लक्षित (वास्तविक निमुखा) वर्गसमक्ष राहात पुर्याउनकाे लागि थाेरै परिमाणमा खाद्यवस्तु राखेका हाैं ।”

हुनेले दिएर जाने नहुनेले लियर जाने अभियानका साथ बगरमा राखिएकाे फुड सेन्टरमा
चामल, दाल, नुन, तेल, चिनि लगायतका खाद्य सामाग्रीहरुका पाेका राखिएका छन्। तर एक व्यक्तिलेे आवश्यक एक सामाग्री मात्र लैजान पाउनेछन् । यसअघि हिजाे पाेखराकाे पृथ्विचाेकबाट फुड सेन्टरकाे सुरुवात गरियकाे थियाे ।

विगतका दिनमा सहयाेग तथा राहात दुरुपयाेग भएकाे हुनाले सहयाेगकाे रुपमा क्यासकाे काराेवार नगर्ने उनकाे भनाई छ ।

दिनहुँ पाेखराका विभिन्न वडा तथा स्थानहरुमा विहान ११ वजेदेखि दिउसाे ३ वजेसम्म फुड सेन्टरमा दैनिक खाद्यवस्तु राखिनेछ ।

सहयाेग गर्न मन लागेकाे तर देखाउन मन नलागेका व्यक्तिले पनि खाद्य सामाग्री फुड सेन्टरमा राख्न सक्ने र हुँदै नभयकाे व्यक्तिले लैजान सक्ने अध्यक्ष सापकाेटाले बताए ।

काेहि पनि मान्छे भाेकमरिले अकालमा ज्यान गुमाउन नपराेस भन्नका लागि पाेखरामा सहज परिस्थिति नहुने बेलासम्म याे कार्य जारी राख्ने अध्यक्ष सापकाेटाले जानकारी दिए ।

यस कार्यका लागि एउटा मात्र संस्था नभएर विभिन्न संगठन, संघ संस्था तथा व्यक्तिहरुकाे सहयाेग रहेकाे सापकाेटाकाे भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्