पाेखरा ५ मा सरसफाई

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखरा महानगरपालिका वडा नम्वर ५ ले बृहत सरसफाई गरेकाे छ । शनिवार पाेखरा जिराे किलाेमिटरदेखि वडा कार्यालयसम्म सरसफाई गरिएकाे हाे ।

 सरसफाई कार्यक्रममा वडा नम्वर ५ का ५ जना जनप्रतिनिधि, नमुना आमा समूह, स्थानियहरुकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।

आफ्नाे टाेल आफ्नै सफा राखाैं भन्ने अभिप्रायले स्थानियहरु स्वस्फुर्त रुपमा सरसफाईमा सहभागि भएका थिए ।

पछिल्लाे समय बढ्दाे डेंगीकाे प्रकाेप, नजिकिदै गरेका नेपालीहरुका महान चाडपर्वहरु लक्षित गर्दै वडाले सरसफाई कार्यक्रम गरेकाे वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए ।


 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्