पाेखराका क्रियाशील पत्रकार फडिन्द्र अकिञ्चनलाई कार्यक्रमस्थलमै दुर्व्यवहार

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखराका क्रियाशील पत्रकार एवं गोरखापत्र दैनिक र समाधान दैनिकका संवाददाता फडिन्द्र अधिकारी ‘अकिञ्चन’लाई बुधबार पोखरा सभागृहमा समाचार संकलनको क्रममा क्रियटिभ ब्रोर्डकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतीकले दुव्र्यवहार गरेका छन् ।

सभागृहमा बुधबार भएको एक कार्यक्रममा समाचार संकलन प्रयोजनका लागि केही जिज्ञासा राख्ने क्रममा कार्यक्रम आयोजक समेत रहेका क्रियटिभ ब्रोर्डकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतीकले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेका हुन् । उक्त घटनाप्रति पत्रकार महासंघ गण्डकीले दुव्र्यवहारको निन्दा गरेका छ ।

पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा सहभागी विद्यालयमा अध्ययनरत कलिला बालवालिकाको विषयमा जिज्ञासा राख्दा अधिकारीमाथि सञ्चालक प्रतीकले दुव्र्यवहार गरेका हुन् ।

 सञ्चालक प्रतिकले चिनेको छस् पूर्व राष्ट्रपति पूर्व मुख्यमन्त्री, मेयर मेरो कार्यक्रममा आउनुभएको छ । यो कार्यक्रमको गरिमा कति हो थाहा छ ? भन्दै गालीगलौज साथै धाकधम्की दिएका थिए । उक्त घटनालाई पत्रकार महासंघ गण्डकीले प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षपका भएको ठहर गरेको छ ।

समाधान मिडिया प्रालि र पत्रकार महासंघ गण्डकीले दुव्र्यवहार गर्ने मिलनलाई कानुन अनुसार कारबाहीको माग गरेका छन् ।

साथै, समाचार संकलन, प्रकाशन एवं प्रशारण गर्ने अधिकार निर्वाध रुपमा प्रयोग गर्ने वातावरण बनाउन सम्बन्धित निकायको गभीर ध्यानाकर्षण समेत गराएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्