शुभ अवसर ग्राम नेपालले मनायाे अन्तराष्ट्रिय बालिका दिवस

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखरास्थित शुभ अवसर ग्राम नेपाल (Opportunity Village Nepal -OVN) ले अन्तराष्ट्रिय बालिका दिवस मनाएकाे छ ।

ग्राम नेपालको मानव बेचबिखन विरुद्धको परियोजना अन्तर्गत २०२३ अक्टोबर ११ मा अन्तरास्ट्रिय नारा: Invest In Girls’ Right: Our Leadership and Wellbeing मा आधारित भई परियोजनाका २८ जना बालिका तथा किशाेरीहरुसँग संस्थाले अन्तराष्ट्रिय बालिका दिवस मनाएको हाे ।

कार्यक्रममा बालिकाहरुले भोग्दै आएका चुनौती र समस्याहरूका साथै बालिकाहरूको हक अधिकारको विषयमा

जानकारी गराईएकाे थियाे भने सहभागिका विचमा माझ चित्र र कविता प्रतियोगिता राखिएकाे थियाे ।

 वि सं २०५५ सालमा स्थापना भई विशेष गरी मानव बेचबिखन तथा हिंसा प्रभावित र सो को उच्च जोखिममा रहेका बालिका, किशोरी र महिलाहरुलाई लक्षित गरी रोकथाम,संरक्षण,पुर्नस्थापना एबम् पूर्नाएकिकरणका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्