सत्य साई विद्याश्रम शैक्षिक गुठीलाई इक्यान कास्कीकाे सहयोग

  • ख-
  • ख+


पोखरा,१४ भदाै।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले पाेखराकाे नदिपुरमा रहेकाे श्री सत्य साई विद्याश्रम शैक्षिक गुठीलाई खाद्यान्न सहयाेग गरेकाे छ ।

इक्यानकाे २४ औं स्थापना दिवसकाे अवसरमा देशभरका शाखाहरुले विविध कार्यक्रम गरी मनाए ।

यस अवसरमा इक्यान कास्की शाखाले पनि काेभिड १९ काे विषम परिस्थितिलाई मध्यनजर गर्दै गुठिमा सहयाेग गरि दिवस मनाएकाे हाे ।

सहयाेग कार्यक्रममा बाेल्दै इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले सामाजिक उत्तरदायित्व वहन गर्दै वर्षेनी यस्ता कार्यक्रम गर्ने गरिएको बताए ।

सचिव रुद्रप्रसाद अर्यालले आगामी दिनमा पनि समाजसेवाका कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा केन्द्रिय सहकोषाध्यक्ष कर्णबहादुर गुरुङ, कास्कीका सल्लाहकार समितीका अध्यक्ष रमेशकुमार थापा, श्री सत्य साई विद्याश्रम शैक्षिक गुठीका उपाध्यक्ष कमल सुवेदी, लगायतले बाेलेका थिए ।

इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक देवराज शर्माले स्वागत र संचालन सचिव रुद्रप्रसाद अर्यालले गरेका थिए ।

इक्यान केन्द्रले पनि सो अवसरमा तिन दिनसम्म विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।
पहिलो दिन २७ अगस्टमा पहिलो सेसनमा ‘Managing your Mental Health during the COVID-19 (Stress, Anxiety and Depression)’ विषयमा कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रमलाई डा. करुना कुवँरले सहजीकरण गरेकी थिईन । पहिलो दिनको दोस्रो सेसनमा The Leadership Principle During Difficult Time Of life (A Corporate Motivational Virtual Workshop) शीर्षकमा कार्यक्रम भएको थियो । उक्त कार्यक्रमलाई डा. योगी विकासानन्दले सहजीकरण गरेका थिए ।

अध्यक्षहरुसँग अन्तरक्रिया गरिएको र वार्षिकोत्सवको मुख्य दिन अगस्ट २९ मा शुभकामना आदानप्रदानसहित विविध कार्यक्रम गरिएको महासचिव दीपकराज भुसालले जानकारी दिए ।

केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले” Power of Togetherness” बिषयमा भनाई राख्दै सम्पुर्णमा स्थापना दिवसको शुभकामना दिएका थिए ।

कोभिड १९ बाट सिर्जित विषम परिस्थितिलाई मध्यनजर गरी भर्चुअल विधिबाट कार्यक्रम गरिएको इक्यानले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्