ढोरपाटनका बाढी पिडितलाई सांसद मनाङेद्वारा आर्थिक सहयोग

  • ख-
  • ख+


पाेखरा, २४ भदाै ।

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दिपक मनाङे)ले ढोरपाटन नगरपालिकाकोे दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग गरेका छन् । मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्यमा प्रतिनिधित्व गर्ने गुरुङले राहत कोषमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

सांसद मनाङेले भदौ १७ गते बागलुङको ढोरपाटन
नगरपालिकाको भुजीखोलाको बाढीले घरबारविहीन परिवारको पुनःस्थापनामा सहयोग पु¥याउनको लागि सहयोग गरेको बताए ।

कोरोनाको कहर तथा व्यस्तका बाबजुद स्वयं सांसद मनाङे उक्त स्थानमा जान असमर्थ भएपछि उक्त आर्थिक सहयोग रकम बाग्लुङका स्थानिय समाजसेवी योगेश भण्डारीको हातबाट ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपाली, उपप्रमुख करमती पुन साथै प्रमुख प्रसाशकिय अधिकृत धनप्रसाद पोखरेललाई हस्तान्तरण गरिएको सांसद मनाङेका निजि सचिव रोनित गुरुङले जानकारी दिए ।

राहत रकम बुझ्दै नगरप्रमुख देवकुमार नेपालीले तत्कालको लागि खाद्य सामग्री, लत्ताकपडा धेरै संघसस्थाबाट प्राप्त भएकोले सकेसम्म राहत कोषमा आर्थिक सहयोग जुटाउने अभियानमा आफूहरु लागेको जानकारी गराएका थिए ।

सांसद गुरुङकाे सहयोगले शोकलाई शक्तिमा बदल्न सहयोग मिलेको नगर प्रमुख नेपालीले बताए ।

एकद्वार प्रणालीबाट उचित व्यवस्थापनसहित राहत वितरण भइरहेको र अब कोषलाई प्रभावकारी बनाएर पुनस्थापनमा जुट्ने नेपालीकाे भनाई छ ।

भ्रष्टचारका विरुद्धमा कडा रुपमा प्रस्तुत हुदै आएका सांसद मनाङेले कोरोना कहरका बिचमा पनि भोकमरीको मारमा परेका गरिव तथा विपन्न वर्गका घर घरमा गएर राहत सामाग्री वितरण गरी सहयोग गर्दै आएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्